त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित
काठमाडौं । त्रिचन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित गरिएको छ । क्याम्पस प्रमुख प्राडा सुनिल अधिकारीले एक विज्ञप्ती जारी गर्दै निर्वाचन समितिको सिफारिसमा हाललाई निर्वाचन स्थगन गरिएको बताए ।
तालाबन्दीका कारण चैत ५ गते तोकिएको मितिमा निर्वाचन हुन सकेको थिएन् । तालाबन्दी गर्ने विद्यार्थी संगठनहरुसँग छलफलका लागि बोलाउँदा पनि नआएको क्याम्पस प्रमुख अधिकारीले बताए । जसका कारण निर्वाचन प्रक्रिया स्थगन गर्नुपरेको उनको भनाई छ ।
त्रिविमा १२ चैतबाट स्नातक तह चौथो वर्षको परीक्षा सञ्चालन हुँदैछ । परीक्षा सुरु हुने भएकाले तत्काल निर्वाचन गराउन सकिने अवस्था नरहेको उनको भनाई छ । चैत ५ गते निर्वाचन हुन नसकेपछि चैत ९ गतेका लागि निर्वाचनको मिति तोकिएको थियो । परिमार्जित निर्वाचन कार्यतालिका प्रकाशित भई अन्तिम मतदाता नामावलीसमेत प्रकाशित भएको थियो । तर, अनेरास्ववियुले सोही विषयमा
विमति जनाई निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको थियो । तालाबन्दीका कारण निर्वाचन प्रक्रिया अगाडि बढाउन नसकेको र छलफलका लागि बोलाउँदा समेत विद्यार्थी संगठन सम्पर्कमा नआएको क्याम्पसले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण