स्ववियु निर्वाचन : ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा यही चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक भइसकेको छ । देशभर ६२ आङ्गिक क्याम्पसमध्ये ४४ वटाको नतिजा सार्वजनिक भएको हो । अझै १३ आङ्गिक क्याम्पसमा निर्वाचन हुन बाँकी रहेको छ ।
त्रिविबाट प्राप्त विवरण अनुसार अनेरास्ववियु १९, नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले १८, अखिल (क्रान्तिकारी) चार, समाजवादी विद्यार्थी युनियन दुई र विद्यार्थी जनमत सङ्घले एक क्याम्पसमा विजयी प्राप्त गरेका छन् ।अन्य क्याम्पसको विवरण प्राप्त भइरहेको त्रिविले जनाएको छ ।
त्रिविले पुनः निर्वाचन गर्न निर्देशन दिएपछि केही क्याम्पसमा चुनावी प्रक्रिया सुरु भएको छ । चैत १२ गते पोखरा वन क्याम्पस, चैत १७ गते आयुर्वेद क्याम्पसका र कृषि क्याम्पस चितवन र चैत १८ गते धवलागिरि बहुमुखी क्याम्पस बागलुङले निर्वाचन गर्ने गरी निर्वाचन प्रक्रिया सुरु गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण