कोशी प्रदेश सरकार एमालेले टिकाउँछ : केपी ओली
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको सरकार एमालेले टिकाउने दावी गरेका छन् । शुक्रबार झापामा आयोजित कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले अन्य प्रदेशमा रहेको एमाले नेतृत्वको सरकार ढलेपनि कोशी प्रदेशको सरकार टिक्ने बताएका हुन् ।
‘कोशी प्रदेशको सरकार हामी टिकाउछौ । यो सरकार टिकाउने मुख्य कुरा के हो भने राप्रपा’, अध्यक्ष ओलीले भने, ‘हामीसँग ४० सिट छ, राप्रपासँग ६ वटा छ । एउटा हामी खोज्छौ । किनभने ६ वटा राप्रपाले हामीलाई साथ दिन्छ भन्ने आधारमा ।’ अध्यक्ष ओलीले राप्रपालाई एमालेले भोट नदिएको भए कांग्रेसको बढि सिट हुने भन्दै कहिलेकाहीँ प्रमुख विरोधीलाई कमजोर पार्न कमजोरलाई भोट हाल्नुपर्ने अवस्था आउने बताए ।
अहिलेको १० दलीय गठबन्धनमा १० वटा टाउका रहेको भन्दै ओलीले लार्भा अवतारको संज्ञा दिए । उनले एमालेलाई एक्ल्याउने कोशिस भइरहे पनि एमालेले चलाएको ‘मिसन ग्रासरुट’ अभियानले आगामी निर्वाचनमा एक्लै ५१ प्रतिशत जित्न सहयोग पुग्ने बताए । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले विकास निर्माणको काम एमालेले बाहेक अरु कसैले नगरेको भन्दै कांग्रेसले त नेपालका उद्योग कलकारखाना सिध्याउने काममात्र गरेका बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण