बागमती प्रदेश सरकारबाट एमालेका ४ मन्त्रीले दिए राजीनामा
हेटौंडा । बागमती प्रदेश सरकारबाट नेकपा एमालेका ४ मन्त्रीले राजीनामा दिएका छन् । सरकारमा सहभागी एमालेका ४ मन्त्रीहरुले प्रदेशसभा सचिवालय हेटौंडामा मुख्यमन्त्री शालिकराम जम्कट्टेल समक्ष राजीनामा बुझाएका हुन् । शुक्रबारको बसेको प्रदेशसभाको बैठकमा सरकारको समर्थन र राजीनामा घोषणा गरेको एमालेले प्रदेशसभा बैठक सञ्चालन कै क्रममा मुख्यमन्त्री जम्कट्टेल समक्ष राजीनामा बुझाएका हुन् ।
एमाले गत पुस २६ गते एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको नेतृत्वमा प्रदेश सरकारमा सहभागी भएको थियो । नेता थपलियाले शुक्रबारको प्रदेशसभाबाट बोल्दै गरेर सरकारबाट बाहिरिएको र सशक्त प्रतिपक्षको भूमिकामा रहने घोषणा गरेका थिए ।
नेता थपलिया प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री रहेका थिए भने एमालेका एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायातमन्त्री, केशवप्रसाद पोखरेल कृषि पशुपन्छी विकास मन्त्री र रामेश्वर श्रेष्ठ स्वास्थ्यमन्त्री नियुक्त भएका थिए । एमालेका ३ जना मन्त्री गत माघ १० गते नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण