काठमाडौँमा चोरी गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । काठमाडौँमा चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन टाँडी घर भई हाल काठमाडौं महानगरपालिका ४ बस्ने, अर्जुन परियार, रुपन्देही जानकी नगर घर भई काठमाडौंको मण्डिखाटार बस्ने रोशन गौतम र नुवाकोट पिपलडाँडा घर भई टोखा बस्ने तुलबहादुर विश्वकर्मा रहेका छन् । उनीहरुलाई काठमाडौंको धापासी हाइटस्थित एक घरमा चोरी गरेको आरोपमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।
परियार र गौतमले फागुन १३ गते काठमाडौंको धापासी हाइटस्थित भेषराज दाहालको घरको कोठा फोडेर विभिन्न गरगहना र नगद गरी रु ८ लाख १ हजार २५० बराबरको धनमाल चोरी गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरु दुवै जनालाई मण्डिखाटारस्थित गेष्ट हाउसबाट पक्राउ गरिएको र सोही चोरी प्रकरणमा संलग्न रहेको आरोप सुन पसल सञ्चालक समेत रहेका विश्वकर्मालाई पनि पक्राउ गरिएको प्रहरीको भनाई छ ।
विश्वकर्माले आफ्नो सुन पसलमा गौतम र परियारले बिक्री गरेको सुनका गहनाको स्वरुप परिवर्तन गरेका थिए । गौतम र परियारसँगको सोधपुछका आधारमा विश्वकर्मालाई पनि पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्दीपको मुद्दा न्यायाधीश शंकर राईको इजलासमा
-
सिर्सिया नदीलाई प्रदूषण मुक्त गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)
-
पङ्गु बनाइयो ‘प्लस टु’
-
‘लम्पी स्किन’बाट धमाधम पशु मर्न थाले
-
प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्यो, कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान
-
चम्चा र चक्कुमा लाग्यो खिया ? यी सजिला टिप्स काम लाग्नेछन्