बेल्जियमको जीतमा लुकाकुको ह्याट्रिक
स्वीडेन । रोमेलु लुकाकुको ह्याट्रकको मद्दतले बेल्जियमले युरो २०२४ को छनोट खेलमा स्वीडेनमाथि सहज जीत हासिल गरेको छ । ज्लाटान इब्राहिमोविच स्वीस टोलीमा फर्किएको खेलमा लुकाकु हाबी बनेका हुन् ।
पहिलो हाफको ३५ औँ मिनेटमा गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका लुकाकुले दोस्रो हाफको सुरुवातमा नै अर्को थपे । ८२ औँ मिनेटमा उनले आफ्नो ह्याट्रिक पुरा गरे । लुकाकुले बेल्जियमका लागि १०५ खेल खेल्दै ७१ गोल गरिसकेका छन् ।
उता खेलको ७३ औँ मिनेटमा इब्राहिमोविच मैदानमा प्रवेश गर्दा फ्यानहरूले ताली बजाएर स्वागत गरेका थिए । एक वर्ष पछि उनी स्वीस टोलीमा फर्किएका हुन् । योसँगै उनी युरोपियन च्याम्पियनसीप छनोटमा खेल्ने सबैभन्दा धेरै उमेरमा खेलाडी बनेका थिए । ४१ वर्ष ५ महिना र २१ दिनका इब्राहिमोविचले यसअघि इटालियन गोलकिपर डिनो जोफले सन् १९८३ मा बनाएको कीर्तिमान भंग गरे ।
तर इब्राहिमोविचको कीर्तिमान लामो समय टिकेन । शुक्रबार नै उनीभन्दा चार दिन जेठो रहेका गिल्ब्राल्टारका स्ट्राकर लि काससिआरोले ग्रिसविरुद्धको खेलमा उनको रेकर्ड तोडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण