बेल्जियमको जीतमा लुकाकुको ह्याट्रिक

स्वीडेन । रोमेलु लुकाकुको ह्याट्रकको मद्दतले बेल्जियमले युरो २०२४ को छनोट खेलमा स्वीडेनमाथि सहज जीत हासिल गरेको छ । ज्लाटान इब्राहिमोविच स्वीस टोलीमा फर्किएको खेलमा लुकाकु हाबी बनेका हुन् ।
पहिलो हाफको ३५ औँ मिनेटमा गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका लुकाकुले दोस्रो हाफको सुरुवातमा नै अर्को थपे । ८२ औँ मिनेटमा उनले आफ्नो ह्याट्रिक पुरा गरे । लुकाकुले बेल्जियमका लागि १०५ खेल खेल्दै ७१ गोल गरिसकेका छन् ।
उता खेलको ७३ औँ मिनेटमा इब्राहिमोविच मैदानमा प्रवेश गर्दा फ्यानहरूले ताली बजाएर स्वागत गरेका थिए । एक वर्ष पछि उनी स्वीस टोलीमा फर्किएका हुन् । योसँगै उनी युरोपियन च्याम्पियनसीप छनोटमा खेल्ने सबैभन्दा धेरै उमेरमा खेलाडी बनेका थिए । ४१ वर्ष ५ महिना र २१ दिनका इब्राहिमोविचले यसअघि इटालियन गोलकिपर डिनो जोफले सन् १९८३ मा बनाएको कीर्तिमान भंग गरे ।
तर इब्राहिमोविचको कीर्तिमान लामो समय टिकेन । शुक्रबार नै उनीभन्दा चार दिन जेठो रहेका गिल्ब्राल्टारका स्ट्राकर लि काससिआरोले ग्रिसविरुद्धको खेलमा उनको रेकर्ड तोडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीका भ्रातृ संगठनमा किन बल्झिरहन्छ विवाद ?
-
पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
एमालेलाई गुरुङको जग्गादान : सर्वोच्चले कानुनसम्मत देखेको आधार (पूर्णपाठ)
-
सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरण : के गर्दैछ रुपन्देही प्रहरी ?
-
आफ्नो वायु रक्षा प्रणालीमा शत्रु घुस्न असम्भव : भारतीय सेना
-
१० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो ‘कर्णाली छोरी सम्मेलन’