दुई लघुकथा
१. निरुत्तर
“बाबुको पढाई कस्तो भएको छ ?” राकेशले सोध्यो ।
“राम्रो छ, आज मैले राम्रो होमवर्क गरेर चकलेट पनि खान पाएँ ।” छोराले भन्यो ।
“मामुलाई दुःख त दिएको छैन नि है बेटा ?” उसले पुनः सोध्यो ।
“सबै कुरा मान्छु । दुःख दिन्न ।” छोराले भन्यो ।
“बाबुलाई के पठाऊँ अब ?” उसले छोरालाई प्रश्न गर्यो ।
“दिपाञ्जलको जस्तै प्लेन पठाइदिनु न ।” छोराले भन्यो ।
यसरी राकेशले प्रश्न गर्दै गयो, छोराले उत्तर दिँदै गयो । अन्तमा छोराले एउटा मात्र प्रश्न गर्यो, “बाबा हजुर अब घरमा कहिले आउनुहुन्छ ?”
तर राकेशसँग छोराको यही एउटा प्रश्नको भने जवाफ थिएन ।
२. गाह्रो काम
बसको सिटमा सँगै बसेको यात्रीसँग हरिप्रसादजीले सोधे “कति दिनको बसाइँ हुन्छ राजधानीमा हजुरको ?”
अर्को सहयात्रीले भने, “कति दिन लाग्छ, थाहा छैन । संघीयता भन्छन् तर ससाना काम पर्दा राजधानी धाउनु पर्छ । अझ यो बाटोको धुलो कति खानु छ ।”
यतिकैमा यौटा झण्डा भएको गाडी हुइँकियो ।
“नेताहरूलाई कति सजिलो छ । वातानुकूलित सवारीमा जहाँ गए पनि भयो । सडकको धुलो खाने हामीले त हो ।” हरिप्रसादजीले भने ।
अर्को सहयात्रीले भन्यो, “हामीलाई भन्न मात्र सजिलो हो हजुर । यिनीहरूलाई पनि कम्ती गाह्रो छैन । कहिले किरिया बसेको बेलामा पनि जहाज चढ्नुपर्छ, कहिले बिरामी नभए पनि अस्पतालको आइसीयु कक्षमा लम्पसार भएर सुत्नु पर्छ ।”
पोखरा–७, मासबार, कास्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण