आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सुटिङका क्रममा घाइते भए अक्षय

शनिबार, ११ चैत २०७९, १३ : २८
शनिबार, ११ चैत २०७९

मुम्बई । अक्षय कुमार स्कटल्याण्डमा टाइगर श्रौफसँग फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को सुटिङ गरिरहेका छन् । अक्षय र टाइगर पहिलो पटक स्क्रिन सेयर गर्दैछन् ।

मिडिया रिपोर्टका अनुसार अक्षय कुमार फिल्मको सेटमा सुटिङको क्रममा घाइते भएका थिए । तर, अक्षयलाई धेरै चोट लागेन र केही समय ब्रेक लिएर सेटमा फर्किएका छन् । अक्षयको घुँडामा चोट लागेको बताइएको छ । अहिले अक्षयले घुँडाको ब्रेस लगाएका छन् ।

अहिले टिमले अक्षय कुमारको एक्सन सिन स्थगित गरेको छ । तर, सुटिङको समयतालिका पूरा गर्न स्कटल्याण्डमा क्लोज-अप र अन्य दृश्य छायाङ्कन भइरहेको छ।

सोनाक्षी सिन्हा फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा अक्षय र टाइगरसँगै देखिनेछिन् । फिल्मका निर्देशक अली अब्बास जफर हुन् । चलचित्रलाई वासु भगनानी, दीपशिखा देशमुख र हिमांशु किशन मेहराले निर्माण गरेका हुन् । दुवै कलाकार आफ्नो एक्शन दृश्यका लागि परिचित छन् । जसका कारण फिल्ममा रोमाञ्चक एक्सन दृश्य पनि हुने अपेक्षा गरिएको छ ।

अक्षय कुमार पछिल्लो पटक फिल्म ‘सेल्फी’ मा देखिएका थिए । यो फिल्म मलयालम फिल्म 'ड्राइभिङ लाइसेन्स' को रिमेक थियो। यस फिल्ममा इमरान हाश्मी, नुसरत भरुचा र डायना पेन्टीले पनि अभिनय गरेका छन् । यस वर्ष अक्षय ‘ओएमजी २’, ‘वीर दौडले सात’, ‘क्याप्सुल गिल’, ‘हेरा फेरी ३’ र ‘जोली एलएलबी ३’ जस्ता फिल्ममा देखिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप