न्युजिल्याण्डद्वारा श्रीलङ्का १९८ रनको विशाल अन्तरले पराजित
शनिबार, ११ चैत २०७९, १५ : २६
अकल्याण्ड । न्युजिल्याण्डको भ्रमणमा रहेको श्रीलङ्का पहिलो एकदिवसीय खेलमा १ सय ९८ रनको विशाल अन्तरले पराजित भएको छ । न्युजिल्याण्डले प्रस्तुत गरेको २७५ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलङ्का मात्र १९.५ ओभरमा ७६ रनमा समेटिएको हो ।
श्रीलङ्कालाई सस्तोमा समेट्न हेनरी शिप्लेले ५ तथा डेर्यल मिचेल र ब्लेयर टिक्नरले २–२ विकेट लिए । श्रीलङ्काका तीनजना ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । एन्जलो म्याथ्युजले सर्वाधिक १८ रन बनाए भने चमिका करुना रत्ने र लिहारु कुमारले क्रमशः ११ र १० रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले अन्तिम ओभरमा अलआउट हुँदै २ सय ७४ रन बनाएको थियो । न्युजिल्याण्डका लागि फिन एलनले ५१ तथा रचिन रवीन्द्रले ४९ रनको योगदान दिए । श्रीलङ्काका लागि करुना रत्नेले ४ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण