आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

न्युजिल्याण्डद्वारा श्रीलङ्का १९८ रनको विशाल अन्तरले पराजित

शनिबार, ११ चैत २०७९, १५ : २६
शनिबार, ११ चैत २०७९

अकल्याण्ड । न्युजिल्याण्डको भ्रमणमा रहेको श्रीलङ्का पहिलो एकदिवसीय खेलमा १ सय ९८ रनको विशाल अन्तरले पराजित भएको छ । न्युजिल्याण्डले प्रस्तुत गरेको २७५ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलङ्का मात्र १९.५ ओभरमा ७६ रनमा समेटिएको हो ।

श्रीलङ्कालाई सस्तोमा समेट्न हेनरी शिप्लेले ५ तथा डेर्यल मिचेल र ब्लेयर टिक्नरले २–२ विकेट लिए । श्रीलङ्काका तीनजना ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । एन्जलो म्याथ्युजले सर्वाधिक १८ रन बनाए भने चमिका करुना रत्ने र लिहारु कुमारले क्रमशः ११ र १० रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले अन्तिम ओभरमा अलआउट हुँदै २ सय ७४ रन बनाएको थियो । न्युजिल्याण्डका लागि फिन एलनले ५१ तथा रचिन रवीन्द्रले ४९ रनको योगदान दिए । श्रीलङ्काका लागि करुना रत्नेले ४ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप