आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लाहोरमा इमरानको र्‍याली रोक्न सडकमा कन्टेनर

शनिबार, ११ चैत २०७९, १५ : ५३
शनिबार, ११ चैत २०७९

लाहोर । पाकिस्तानमा आज पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी तेहरिक–ए–इन्साफको र्‍यालीलाई ध्यानमा राख्दै लाहोरका सबै मुख्य प्रवेशद्वार बन्द गरिएको छ । पीटीआई कार्यकर्तालाई सहर प्रवेश गर्नबाट रोक्न प्रशासनले प्रमुख सडकमा कन्टेनर राखेको छ ।

अहिलेसम्म प्राप्त जानकारी अनुसार रवि टोल प्लाजा, सिगियन ब्रिज रोड बन्द गरिएको छ। यहाँ कुनै पनि आवतजावत अनुमति छैन। अर्कोतर्फ मिनार–ए–पाकिस्तान जाने सबै सडकमा कन्टेनर राखिएको छ । जसका कारण सर्वसाधारणलाई आवतजावतमा समेत समस्या भएको छ ।

पीटीआईले आज लाहोरको मिनार–ए–पाकिस्तानमा र्‍याली गर्ने भएको छ । इमरान खानले यो आफ्नो अहिलेसम्मको सबैभन्दा ठूलो र्‍याली हुने दाबी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप