लाहोरमा इमरानको र्याली रोक्न सडकमा कन्टेनर
शनिबार, ११ चैत २०७९, १५ : ५३
लाहोर । पाकिस्तानमा आज पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी तेहरिक–ए–इन्साफको र्यालीलाई ध्यानमा राख्दै लाहोरका सबै मुख्य प्रवेशद्वार बन्द गरिएको छ । पीटीआई कार्यकर्तालाई सहर प्रवेश गर्नबाट रोक्न प्रशासनले प्रमुख सडकमा कन्टेनर राखेको छ ।
अहिलेसम्म प्राप्त जानकारी अनुसार रवि टोल प्लाजा, सिगियन ब्रिज रोड बन्द गरिएको छ। यहाँ कुनै पनि आवतजावत अनुमति छैन। अर्कोतर्फ मिनार–ए–पाकिस्तान जाने सबै सडकमा कन्टेनर राखिएको छ । जसका कारण सर्वसाधारणलाई आवतजावतमा समेत समस्या भएको छ ।
पीटीआईले आज लाहोरको मिनार–ए–पाकिस्तानमा र्याली गर्ने भएको छ । इमरान खानले यो आफ्नो अहिलेसम्मको सबैभन्दा ठूलो र्याली हुने दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण