ट्युनिसियामा डुङ्गा दुर्घटना, नौ आप्रवासीको मृत्यु, ६७ जना वेपत्ता
ट्युनिस । उत्तरी ट्युनिसियाको सामुद्रिक तटमा आप्रवासी चढेको एक डुङ्गा दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ । डुङ्गामा यात्रा गरिरहेका अन्य ६७ जना वेपत्ता रहेको ट्युनिसियाली सामुद्रिक सुरक्षा अधिकारीले पुष्टि गरेका छन् ।
पछिल्लो दुई दिनमा महिला र बालबालिका सवार रहेको डुङ्गा दुर्घटना भएको यो पाँचौं घटना हो । डुङ्गा यूरोप छिर्ने आप्रबासी बोकेर इटालीतर्फ गइरहेको समयमा दुर्घटना भएको सरकारी अधिकारीहरुले बताएका छन् ।
ट्युनिसियाको तटीय सुरक्षाकर्मीहरूले दुई दिन यता इटाली जान लागेका ५६ वटा डुंगा नियन्त्रणमा लिएको बताएका छन् । सोही क्रममा सुरक्षाकर्मीले तीन हजार भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएका छन् । संयुक्त राष्ट्र सङ्घको पछिल्लो तथ्यांक अनुसार यो वर्ष मात्र १२ हजार भन्दा बढी आप्रवासी ट्युनिसियाबाट अन्यत्र गएका छन् । गत वर्षको सोही अवधिमा भने सो सङ्ख्या एक हजार ३०० मात्र रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण