सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनका कारण बारामा कांग्रेस शून्य हुनुपर्‍यो : नेतृ रेग्मी

आइतबार, १२ चैत २०७९, ०७ : ३८
आइतबार, १२ चैत २०७९

बारा ।  पूर्व मन्त्री तथा नेपाली कांग्रेसकी नेतृ उमा रेग्मीले बारामा नेपाली कांग्रेसको प्रदेश तथा प्रतिनिधि सभा सदस्यमा शून्य अवस्था भए पनि निराश नहुन आग्रह गरेकी छिन् । नेपाली कांग्रेस जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ३ का सभापति स्व। पुष्कर रायमाझीको ४५ औ दिनको पुण्य तिथिमा शनिवार आयोजित श्रद्धाञ्जली सभामा बोल्दै कांग्रेस नेतृ रेग्मीले गठबन्धनमा भएका कारण बारा र चितवनमा यस्तो परिस्थित आएकाले आफ्नो सङ्गठनलाई मजबुत बनाए अर्क पटक यस्तो अवस्था नआउने बताइन्।

‘बारामा नेपाली कांग्रेस शून्य अवस्था हुँदा पार्टीका साथीहरू निराश जस्तो देखिनुभएको छ, हामी गठबन्धनमा भएका कारणले यो परिस्थित बारामा मात्रै होइन चितवन र अरू जिल्लाहरूमा पनि देखिएको छ’ कांग्रेस नेतृ रेग्मीले भनिन् ‘यसमा नेता कार्यकर्ता साथीहरू निराश नभइकन आफ्नो संगठनलाइृ मजबुत बनाउन लागौँ, अर्क पटक बारामा कांग्रेस शून्य हुने अवस्था हुनेछैन, यहाँहरू निराश नभईकन सङ्गठन मजबुत गर्ने लाग्नुहोला । ’ 

कांग्रेस नेतृ रेग्मीले राजनीतिमा  धैर्यता, निरन्तरता र प्रतिबद्धता आवश्यक पर्ने भन्दै नेता कार्यकर्ताहरूलाई बिचलिन नहुन आग्रह पनि गरिन् । 

सोही श्रद्धाञ्जली कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा बारा ४ का सङ्घीय सांसद किसान श्रेष्ठले स्व पुष्कर रायमाझीले सधैँ बारा ४ नं क्षेत्रको विकासको चिन्ता लिने गरेको टिप्पणी गरेका छन् ।

kishan

सङ्घीय सांसद श्रेष्ठले रायमाझीको सपना साकार पार्न कुनै पनि कसर बाँकी नराख्ने र उनको निधनले नेपाली कांग्रेस र रायमाझी परिवारलाई मात्रै नभएर व्यक्तिगत रूपमा आफूले पनि अभिभावक गुमाएको टिप्पणी गरेका छन् ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य उमेशजँग रायमाझी, कुन्दन काफ्ले, संविधान सभा सदस्य शोभाकर पराजुली, लालबाबु सिंह , नेपाली कांग्रेस मधेस प्रदेशका नेता, क्षेत्रीय सभापति जिल्ला सभापति जीतपुरसिमरा उपमहानगर नगरप्रमुख लगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप