संसद् बैठक
शक्ति बस्नेत बोल्दै गर्दा सूर्य थापाको नियमापत्ति
सोमबार, ०२ असार २०८२, १३ : ५०
सारांश
- प्रतिनिधिसभा बैठकमा माओवादी सांसद शक्ति बस्नेत बजेटमाथि बोल्दै गर्दा एमाले सांसद सूर्यबहादुर थापाले नियमापत्ति जनाए।
- सांसद थापाले बैठकको मर्यादा र कुर्सीको अवस्थाबारे प्रश्न उठाए, 'हामी रत्नपार्कमा छौँ कि?' भन्दै प्रश्न गरे ।
- सभामुख देवराज घिमिरेले थापाको भनाइप्रति ध्यानाकर्षण जनाउँदै बस्नेतलाई बोल्न अनुमति दिए। रास्वपाका सांसदले नाराबाजी जारी राखे।
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद शक्ति बस्नेत बजेटमाथि बोल्दै गर्दा एमाले सांसद सूर्यबहादुर थापाले नियमापत्ति जनाएका छन् ।
‘हामी सबै सदस्यहरुले कस्तो मर्यादा पालना गर्नुपर्ने हो ? र कस्तो मर्यादाकाबिचमा यो बैठक गर्नुपर्ने हो ? ध्यानाकर्षण गराउन चाहान्छु ’, रास्वपा सांंसदको विरोधलाई लक्षित गर्दै थापाले भने, ‘हामी रत्नपार्कमा छौ कि शहिदगेटमा छौ कि, कलंकी वा पोखराको चिप्लेढुंगामा छौँ ? मैले बुझ्न सकिन, माननीयहरुका कुर्सी रोइरहेका छन् ।’
थापाले यति भनेपछि सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको भन्दै वक्ता बस्नेतलाई बोल्ने क्रमलाई निरन्तरता दिन अनुमति दिए । सोमबारको बैठकमा पनि अघिल्ला दिनमा जस्तै रास्वपाका सांसदहरु नाराबाजीपछि बेल घेर्दै पलेंटी कसेर विरोध गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण