संसद् बैठक
शक्ति बस्नेत बोल्दै गर्दा सूर्य थापाको नियमापत्ति
सोमबार, ०२ असार २०८२, १३ : ५०

समाचार सारांश
- प्रतिनिधिसभा बैठकमा माओवादी सांसद शक्ति बस्नेत बजेटमाथि बोल्दै गर्दा एमाले सांसद सूर्यबहादुर थापाले नियमापत्ति जनाए।
- सांसद थापाले बैठकको मर्यादा र कुर्सीको अवस्थाबारे प्रश्न उठाए, 'हामी रत्नपार्कमा छौँ कि?' भन्दै प्रश्न गरे ।
- सभामुख देवराज घिमिरेले थापाको भनाइप्रति ध्यानाकर्षण जनाउँदै बस्नेतलाई बोल्न अनुमति दिए। रास्वपाका सांसदले नाराबाजी जारी राखे।
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद शक्ति बस्नेत बजेटमाथि बोल्दै गर्दा एमाले सांसद सूर्यबहादुर थापाले नियमापत्ति जनाएका छन् ।
‘हामी सबै सदस्यहरुले कस्तो मर्यादा पालना गर्नुपर्ने हो ? र कस्तो मर्यादाकाबिचमा यो बैठक गर्नुपर्ने हो ? ध्यानाकर्षण गराउन चाहान्छु ’, रास्वपा सांंसदको विरोधलाई लक्षित गर्दै थापाले भने, ‘हामी रत्नपार्कमा छौ कि शहिदगेटमा छौ कि, कलंकी वा पोखराको चिप्लेढुंगामा छौँ ? मैले बुझ्न सकिन, माननीयहरुका कुर्सी रोइरहेका छन् ।’
थापाले यति भनेपछि सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको भन्दै वक्ता बस्नेतलाई बोल्ने क्रमलाई निरन्तरता दिन अनुमति दिए । सोमबारको बैठकमा पनि अघिल्ला दिनमा जस्तै रास्वपाका सांसदहरु नाराबाजीपछि बेल घेर्दै पलेंटी कसेर विरोध गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिजिट भिसा प्रकरणको अनुसन्धानको लागि उच्चस्तरीय छानबिन आयोग चाहिन्छ : रास्वपा
-
इजरायल–इरान युद्धबिच नेपालीको सुरक्षामा के गर्दै छ सरकार ?
-
अपराध अनुसन्धान गर्न सीसीटीभीसहित ‘स्मार्ट भ्यान’को प्रयोग
-
सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना विश्वविद्यालय बनाउने मुख्यमन्त्री शाहको प्रतिबद्धता
-
सरकारले कोठाभित्र बोलाएर बाहिर निस्किने ढोका बन्द गरिदियो: इप्पान
-
निलम्बनविरूद्ध पाण्डेद्वारा उच्च अदालत पाटनमा रिट दायर, बुधबार पेसी