अर्थतन्त्र लयमा फर्काउने बजेट आएको छ– सांसद गिरी
सोमबार, ०२ असार २०८२, १३ : ४५

समाचार सारांश
- सांसद पदम गिरीले बजेट कांग्रेस र एमालेलाई लक्षित गरेर नल्याएको बताए।
- उनले जनतामा निराशा रहेको र युवालाई स्वदेश फर्काउनुपर्ने आवश्यकता औंल्याए।
- बजेटमा राजस्व वृद्धि, स्टार्टअप र अर्थतन्त्र सुधारका योजना समावेश छन्।
काठमाडौँ । सांसद पदम गिरीले प्रतिपक्षले भनेजस्तो कांग्रेस र एमालेलाई लक्षित गरेर बजेट ल्याएको यथार्थ नभएको तर्क गरेका छन् । सोमबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमाथि छलफलका क्रममा यस्तो बताएका हुन् ।
सरकारले ल्याएको बजेट संयमित रहेको बताए पनि केहीले विपक्षमा तर्क गरेको उनको भनाइ छ । ‘जनतामा ठुलो निराशा व्याप्त रहेको बेला छ । विदेश पलायन भएका युवालाई नेपाल फर्कने अवस्था बनाउनु छ,’ उनले भने, ‘घाटामा भएका सार्वजनिक संस्थान वृद्धि गर्ने खालका महत्त्वपूर्ण विषय बजेटमा समावेश छ ।’
राजस्व वृद्धिमा महत्त्वाकाङ्क्षी लक्ष्य रहेको तथा स्टार्टअप उद्यमबाट रोजगारी सिर्जना हुने र अर्थतन्त्र लयमा फर्काउने खालको बजेट आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक
-
असार २२ गते त्रिभुवन विश्वविद्यालयले बाेलायाे सभा
-
त्रिभुवन विश्वविद्यालयले काज बिदामा कडाइ गर्ने
-
बस्नेतको नियुक्तिमा अदालतको रोक, बर्खास्त तामाङ पुनः पदमा फर्किने
-
रुटिन अफ नेपाल प्रालिका भिक्टर पौडेलविरुद्ध कारण देखाउ आदेश जारी
-
सेयर बजारमा सामान्य सुधार, कारोबार रकम १३ अर्ब नाघ्यो