अर्थतन्त्र लयमा फर्काउने बजेट आएको छ– सांसद गिरी
सोमबार, ०२ असार २०८२, १३ : ४५
सारांश
- सांसद पदम गिरीले बजेट कांग्रेस र एमालेलाई लक्षित गरेर नल्याएको बताए।
- उनले जनतामा निराशा रहेको र युवालाई स्वदेश फर्काउनुपर्ने आवश्यकता औंल्याए।
- बजेटमा राजस्व वृद्धि, स्टार्टअप र अर्थतन्त्र सुधारका योजना समावेश छन्।
काठमाडौँ । सांसद पदम गिरीले प्रतिपक्षले भनेजस्तो कांग्रेस र एमालेलाई लक्षित गरेर बजेट ल्याएको यथार्थ नभएको तर्क गरेका छन् । सोमबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमाथि छलफलका क्रममा यस्तो बताएका हुन् ।
सरकारले ल्याएको बजेट संयमित रहेको बताए पनि केहीले विपक्षमा तर्क गरेको उनको भनाइ छ । ‘जनतामा ठुलो निराशा व्याप्त रहेको बेला छ । विदेश पलायन भएका युवालाई नेपाल फर्कने अवस्था बनाउनु छ,’ उनले भने, ‘घाटामा भएका सार्वजनिक संस्थान वृद्धि गर्ने खालका महत्त्वपूर्ण विषय बजेटमा समावेश छ ।’
राजस्व वृद्धिमा महत्त्वाकाङ्क्षी लक्ष्य रहेको तथा स्टार्टअप उद्यमबाट रोजगारी सिर्जना हुने र अर्थतन्त्र लयमा फर्काउने खालको बजेट आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण