बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

स्मृति इरानी भन्छिन्, ‘एकतालाई देखाउनुपरेको थियो गर्भपतनको प्रमाण, यदि भ्रूण बाँचेको भए, त्यो पनि ल्याउँथे’

आइतबार, १२ चैत २०७९, १० : ३५
आइतबार, १२ चैत २०७९

भारतकी केन्द्रीय मन्त्री स्मृति इरानीले टिभी सिरियल ‘क्यूंकी सास भी कभी बहू थी’ को सुटिङका क्रममा गर्भपात भएको खुलासा गरेकी छन् । तर त्यसको भोलिपल्ट नै उनलाई सुटिङमा बोलाइएको बताइन्  । एक अन्तरवार्तामा स्मृतिले यसबारे खुलासा गरेकी छिन् । । यसलाई शनिवार युट्युबमा अपलोड गरिएको छ ।

स्मृतिका अनुसार उनीसँग काम गर्ने सह–कलाकारहरूले निर्माता एकता कपूरलाई गर्भपतनको कुरा झुट हो भनेर कान भरेका थिए । त्यसको जवाफमा स्मृति भोलिपल्ट मेडिकल रिपोर्ट लिएर एकताकहाँ गइन् । उनले एकतालाई आफ्नो भ्रूण बाँचेको भए त्यसलाई पनि प्रमाणको रूपमा ल्याउँथे भनेर भनिन् ।

स्मृति दुई सिफ्टमा काम गर्थिन्

केन्द्रीय मन्त्री तथा ‘क्यूंकी सास भी कभी बहू थी’ फेम स्मृति इरानी हालै नीलेश मिश्रको अन्तरवार्तामा देखिइन् । यस क्रममा उनले आफ्नो टिभीको समयका केही नभनिएका कुराहरू खुलासा गरिन् ।

उनका अनुसार उनी दुई सिफ्टमा काम गर्थिन् । बिहानको सिफ्टमा रामायणका लागि काम गर्थिन् भने रातीको सिफ्टमा ‘क्यूंकी सास भी कभी बहू थी’ का लागि सुटिङ गर्थिन् । यति नै बेला उनी गर्भवती भइन् र यति नै बेला उनले मानवताको एउटा पाठ सिकिन् ।

सुटिङबाट फर्किने क्रममा रगत बग्न थाल्यो

अन्तरवार्तामा स्मृतिले भनिन्, ‘मलाई त्यति बेला म गर्भवती भएको थाहा थिएन । त्यो बेला म सिरियलको सेटमा थिएँ । मैले शोका निर्मातालाई आफ्नो अवस्था ठिक  नभएको बताएँ, त्यसैले घर जान चाहेको बताएँ । यति हुँदा हुँदै पनि उनीहरुले मलाई जान नदिएसम्म काम गरिरहेँ । म घर जाँदा बेलुका भइसकेको थियो ।’

‘डाक्टरले सोनोग्राफी गराउन सल्लाह दिए । बिच बाटोमै रक्तस्राव हुन थाल्यो । मलाई याद छ, त्यति बेला पानी परिरहेको थियो । मैले अटो चालकलाई छिट्टै अस्पताल लैजान भने ।’

गर्भपतन भएको भोलिपल्टै सुटिङमा बोलाए

अन्तरवार्तामा स्मृतिले थपिन्, ‘जब म अस्पताल पुगेँ, एक नर्स दौडिएर आएर अटोग्राफ मागिन् । मैले उनलाई मलाई भर्ना गर्न भनेँ किनभने मेरो गर्भपतन भएको हो कि भन्ने मलाई लागिरहेको थियो । ’

त्यसको भोलिपल्ट स्मृतिलाई ‘क्यूंकी सास भी कभी बहू थी’ को प्रोडक्सन टिमबाट फोन आयो र सुटिङमा आउन भनियो । त्यति बेला स्मृतिले भनिन्, ‘मैले तपाईँलाई भनेको थिएँ कि मेरो गर्भपतन भयो र मेरो स्वास्थ्य अहिले ठिक छैन । ’ उताबाट जवाफ आयो, ‘कोही पनि छैन, २ बजेको सिफ्टमा आउनुहोस् ।’

रवि चोपडाले मात्रै सहानुभूति देखाए

स्मृतिले भनिन्, ‘सास भी कभी बहू थी’ मा म बाहेक अन्य ५० पात्र थिए, तर रामायणमा मैले सीताको भूमिका गरिरहेको थिएँ त्यसैले त्यसमा मेरो कुनै विकल्प थिएन ।’

यद्यपि, त्यति बेला रवि चोपडाले निकै सहानुभूति देखाएको उनले बताइन् । स्मृतिले रविलाई आफ्नो समस्या बताउँदै ‘७ बजेको सिफ्टमा एक घण्टा ढिला आउन सक्छु’ भनेर अनुरोध गरिन् । जवाफमा रविले भने, ‘तिमी पागल भयौ, एउटा बच्चा गुमाउँदा कस्तो महसुस हुन्छ ? भोलि नै आउन कुनै जरुरी छैन ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप