प्रदेश सरकारको हकमा एमालेले हस्तक्षेप गर्दैनः पौडेल
सुर्खेत । प्रदेश सरकारमा रहेको नेकपा एमालेले सरकारबारे कुनै निर्णय लिन सकिरहेको छैन । प्रदेशका नेताहरू पनि पार्टी केन्द्रले कुनै निर्देशन नदिएको र प्रदेशमा पनि कुनै छलफल नभएको बताइरहेका छन् । जसका कारण कर्णालीमा एमाले अझै अनिर्णीत छ ।
यसैबीच एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार प्रदेशका नेताहरूलाई नै भएकाले केन्द्रले कुनै हस्तक्षेप नगर्ने बताएका छन् । आइतबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले प्रदेश सरकारको हकमा पार्टी केन्द्रले तत्कालै कुनै निर्देशन नदिने स्पष्ट पारे ।
‘प्रदेश सरकारमा रहेका हाम्रा मन्त्रीहरूलाई सरकार छाड्न हामीले केन्द्रमा कुनै निर्देशन दिन्नौँ,’ उनले भने,‘ सरकारमा बस्ने वा बाहिरिने उहाँहरू आफैमा निर्भर रहन्छ ।’
पौडेलले प्रदेशमा एकाले सरकारमा रहने नरहने कुरा स्वयम् प्रदेशका मुख्यमन्त्रीमा निर्भर रहने पनि बताए । ‘किनकि उहाँहरूलाई एमालेले समर्थन गरेर मुख्यमन्त्री बन्नुभएको हो,’ पौडेलले थपे,’ ‘केन्द्रमा समीकरण बदलियो भन्दैमा प्रदेशमा पनि बदलिनुपर्छ भन्ने छैन ।’
कर्णालीलाई एमालेले किन हेर्दैन भन्ने प्रश्नमा पौडेलले आफू अर्थमन्त्री रहेको बेलामा बजेटको सन्दर्भमा कर्णालीलाई जहिले प्राथमिकता दिएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण