उत्तराखण्डमा चट्याङमा परेर ३५० भेडा बाख्राको मृत्यु
उत्तराखण्डको उत्तर काशीमा शनिवार राति चट्याङमा परेर ३५० भन्दा बढी भेडा बाख्राको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भाटवाडी ब्लकको बारसु गाउँका तीन जना मानिस एक हजारभन्दा बढी भेडा बाख्रा लिएर ऋषि केशबाट उत्तर काशी जाँदै थिए ।
राति उनीहरू डण्डा तहसिलको खातुखाल नजिक पुगेका थिए । यस अवधिमा लगातार पानी परिरहेको थियो र ठुलो आँधी आएको थियो । राति करिब ९ बजे चट्याङ परेर ३५० भन्दा बढी भेडा बाख्राको मृत्यु भएको थियो ।
घटनाले गाउँले त्रसित
एकैसाथ यति धेरै जनावर मरेकाले गाउँका जनता त्रसित भएका छन् । उनले घटनाबारे भाटवाडी ब्लककी प्रमुख विनीता रावतलाई जानकारी गराएका थिए । विनिता रावतले घटनाको बारेमा डीएम र जिल्ला प्रकोप व्यवस्थापन विभागलाई बताइन् । स्थानीय जग मोहन रावतले घटनाको पुष्टि गरेका छन् । चट्याङका कारण यति धेरै पशुपक्षी यसअघि कहिल्यै नमरेको उनले बताए ।
क्षतिको विवरण लिन टोली जानेछ
आइतबार प्रशासन र भेटेरिनरी विभागको टोली घटनास्थलमा पुग्ने डण्डाका तहसिलदार प्रतापसिंह चौहानले बताए । यसपछि मात्रै कूल क्षति र मृत्युको कारण थाहा हुनेछ । विपद् व्यवस्थापन विभागको टोलीले पनि घटनास्थलमा गएर जिल्ला प्रशासनलाई प्रतिवेदन बुझाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण