शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
१० दिन हिँडेर काठमाडौँ आइपुगे मिटरब्याजी पीडित, न्याय नपाएसम्म घर नफर्किने (फोटोफिचर)
मिटरब्याजी पीडित

१० दिन हिँडेर काठमाडौँ आइपुगे मिटरब्याजी पीडित, न्याय नपाएसम्म घर नफर्किने (फोटोफिचर)

आइतबार, १२ चैत २०७९

काठमाडौँ । १० दिनको पैदल यात्रापछि मधेसका मिटरब्याजी पीडितहरू आइतबार काठमाडौँ आइपुगेका छन् । महोत्तरीको बर्दिबास हुँदै चन्द्रनिगाहपुर, हेटौडा, भीमफेदी र चन्द्रागिरि हुँदै काठमाडौँ आइपुगेका हुन् । 

गत चैत २ गते महोत्तरीको बर्दिबासबाट पैदल यात्रामार्फत काठमाडौँ हिँडेका उनीहरू मिटरब्याजीविरुद्ध संघर्ष गर्न केन्द्रीय राजधानी काठमाडौँ आइपुगेका हुन् । आफ्ना माग पुरा नभएसम्म अब घर नफर्कने उनीहरूको भनाइ छ । 

काठमाडौँ आइपुगेका सिराहा औरहीका रामबाबु पासवान भन्छन्,–‘हाम्रो माग पुरा नभएसम्म अव हामी घर फर्कँदैनौँ । १४–१५ वर्षअघि आमाबुबाले २ लाख ऋण लिएका थिए । २ लाख ऋण लिँदा साहुले ६ लाखको तमसुक बनाए,’ पासवानले भने, ‘बुबा बितिसक्नुभयो ८ कट्ठा जग्गा पनि बेचेर ३२ लाख बुझाइसके । बाँकी चार कट्ठा घर रहेको जग्गा पनि साहुले खाली गर भन्छ ।’ उनले आफ्ना माग पुरा नभएसम्म आफूहरू कुनै हालतमा घर नफर्कने समेत बताए । 

‘माग पुरा नभएसम्म हामी घर फर्कँदैनौ, घर फर्कियो भने साहुले बस्नै दिँदैन ’, पासवानको भनाइ छ । उनीहरूले तमसुक व्यवस्था खारेज गर्नुपर्ने तथा मिटरब्याजीहरुलाई कारबाही गरी आफ्नो सम्पत्ति फिर्ता हुनुपर्ने माग अघि सारेका छन् । काठमाडौँ आउनेमा अधिकांश महिला छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया