आन्दोलन स्थगित गर्ने सरकारको आग्रह मिटरब्याजी पीडितद्वारा अस्वीकार
काठमाडौँ । सरकारले मिटरब्याजीविरुद्ध आन्दोलन गर्न हिँडेर काठमाडौँ आइपुगेकाहरूलाई आफ्नो आन्दोलन स्थगित गर्न आग्रह गरेको छ । मिटरब्याजी पीडितहरू काठमाडौँ आएको थाहा पाउने बित्तिकै प्रधानमन्त्रीको निर्देशनमा गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेत नेतृत्वको टोली उनीहरू बसेकै ठाउँमै पुगेर वार्ता गरेको हो ।
चैत २ गते महोत्तरीको बर्दिबासबाट हिँडेका मिटरब्याजी पीडितहरू आज दिउँसो काठमाडौँ आइपुगेका हुन् । बस्नेतले आन्दोलन स्थगित गरेर घर फर्कन आग्रह गरे पनि उनीहरूले त्यसलाई अस्वीकार गरेका हुन् । उनले भने, ‘तपाईंहरु काठमाडौँका लागि हिँडेकै दिन प्रधानमन्त्री प्रचण्डले मिटरब्याजीको विषयमा गम्भीर भएर लाग्न र कानुन बनाउन निर्देशन दिनुभएको छ । तपाईंहरुको माग चाँडै समाधान हुन्छ । यहाँसम्म आउने आवश्यकता नै थिएन ।’
कानुन निर्माण गर्ने कामसहित सुदखोरलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन पनि दिइसकेको हुनाले आन्दोलन स्थगित गरेर घर फर्किन बस्नेतले आग्रह गरेको आन्दोलनकारी मनोजन पासवानले बताए । तर आन्दोलनकारीले न्याय नपाएसम्म काठमाडौँबाट नफर्किने भनेपछि सरकारी टोली सम्पूर्ण जानकारी लिएर फर्केको उनले बताए । पीडितहरूले भोलिदेखि काठमाडौँमा आन्दोलन गर्ने बताएका छन् । हाल उनीहरु मातातिर्थमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण