प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता
सोमबार, १३ चैत २०७९, ०९ : ०३
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच सोमबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न सभामुख घिमिरे बालुवाटार पुगेका हुन् ।
संसद्मा महत्त्वपूर्ण विधेयकहरू पेस भएको सन्दर्भमा छलफल गर्न घिमिरे बालुवाटार पुगेको बताइएको छ । त्यस्तै, सत्तारुढ दलका सांसदहरुले सभामुखको अधिकार कटौती गर्न संशोधन पेस गरेको विषयमा पनि छलफल हुनेछ ।
प्रतिनिधि सभा नियमावलीमा सभामुखको तजबिजको अधिकार कटौती गर्ने सत्तापक्ष सांसदहरूले मनसाय व्यक्त गरेपछि सभामुख घिमिरेले संवाद तीव्र बनाएका छन् । आइतबार उनले प्रतिनिधि सभा नियमावली २०७९ को मस्यौदामा संशोधन प्रस्ताव पेस गर्ने सांसदहरूसँग संवाद गरेका थिए ।
सभामुखले दलका प्रमुख सचेतकहरूसँग पनि यसबारेमा छलफल गर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण