मन्त्री बनेपछि सोह्रश्राद्धको बाहुन जस्तो भएँ: मन्त्री किराती
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्री बनेपछि आफू सोह्रश्राद्धको बाहुन जस्तो भएको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित अमिन नेशनल म्युजिक अवार्डको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सांसद हुँदा मन्त्री बनेपछि ठूलाठूला काम मात्रै गर्नुपर्ने र फुर्सद मिल्ने अनुमान गरेपनि मन्त्री बनेपछि झनै कामको चाप बढी हुने अनुभव गरिरहेको बताएका हुन् ।
उनले भने, ‘म यो देशमा १० वर्ष सांसद भएर बिताइसकेको छु । मलाई लाग्थ्यो सांसद हुँदाखेरि म धेरै सानो सानो काममा हिँड्थेँ । यतिसम्मकी मान्छेहरूको बसको टिकटमा समस्या समेत पुग्थेँ, अनि लाग्थ्यो मन्त्री भएँ भने फुर्सद हुन्छ होला । ठूलोठूलो काम गर्नुपर्छ, ठूलो काम थोरै हुन्छ, अलि फुर्सद हुन्छ होला जस्तो लाग्थ्यो । तर म मन्त्री भएको ६५ दिन हाराहारी हुँदैछ । लाग्छ म त सोह्रश्राद्धको बाहुन जस्तो भएँ । हतारहतार सिधा उठाएर हिँडिहाल्नुपर्ने । त्यसको निम्ति म क्षमाप्रार्थी छु । अन्तिमसम्म कार्यक्रममा बस्न सकिनँ ।’
मन्त्री किरातीले राजनीतिज्ञ र क्रान्तिकारीहरू अरूको तुलनामा झनै बढी प्रेमिल हुने बताए । उनले प्रेम गर्न नजान्नेले देश चलाउन पनि नजान्ने बताए । ‘मानिसको प्राचिन विधा गीत, संगीत हो । प्रेमगीत त आमाबाट सिर्जित भयो । राजनीतिज्ञ र क्रान्तिकारीहरू झनै धेरै प्रेमिल हुन्छ । जसले प्रेम गर्न जान्दैन, त्यसले त देश पनि चलाउन जान्दैन । तर गीत जस्तो जीवन हुँदैन । जीवन र गीतको व्यावहारिक तालमेल धेरै टाढा छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण