शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘काली काली’ मा सामरिकासँग गजित र गम्भीरको रोमान्स

सोमबार, १३ चैत २०७९, १४ : ०८
सोमबार, १३ चैत २०७९

काठमाडौँ । गायक राजेशपायल राईको स्वर रहेको गीत ‘काली काली’ सार्वजनिक भएको छ । टी.एन आचार्यको शब्द, लक्ष्मण पोख्रेलको संगीत गीतमा छ । गीतको भिडियोमा गजित विष्ट, गम्भीर बिष्ट र सामारिका ढकालको अभिनय देख्न सकिन्छ । गजित र गम्भीर दुवै चल्तीका निर्देशक तथा कोरियोग्राफर हुन् ।

गजितले चलचित्रमा हिरोको रुपमा समेत काम गरिसकेका छन् । सम्बन्धले यी दुई दाजुभाइ पनि हुन् । लामो अन्तरालपछि दुई दाजुभाइले एउटै गीतमा अभिनय गरेका हुन् ।   सुरेन्द्र बसेलको निर्देशन रहेको भिडियोमा विकास नेपालको कोरियोग्राफी रहेको छ । दिनेश पराजुलीको छायांकन रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप