नेप्सेमा १७ अङ्कको वृद्धि, १ अर्ब ३८ करोडको कारोबार
काठमाडौँ । लामो समयको अन्तरालपछि सोमबार सेयर बजार परिसूचक नेप्से १७ अंकमाथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १७.७० अङ्कले बढ्दै १९ सय ६ अङ्कको विन्दुमा उक्लिएको हो ।
अघिल्लो दिन यस्तो सूचक २६.८७ अङ्कले घट्दै १८ सय ८८.२७ अङ्कको विन्दुमा झरेको थियो । उसो त आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.०४ अङ्कले बढ्दै ३५८.०३ अङ्कमा उक्लिएको नेप्सेले जनाएको छ । १७ अङ्कमाथिले नेप्से बढेको दिन १ अर्ब ३८ करोड २७ लाख रुपैयाँ बराबरको ४३ लाख ८ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।
आज माइक्रोफाइनान्स समूहको उपसूचक बाहेक अन्य १२ वटा उपसूचकहरू धनात्मक (बढेका) छन् । सबैभन्दा बढी म्यानु एण्ड प्रो समूहको उपसूचक २.३५ प्रतिशतले बढेको छ भने आज डेभलपमेन्ट बैंक समूहको उपसूचक २.२१ प्रतिशतले, जीवन बीमा समूहको उपसूचक २.०७ प्रतिशत र फाइनान्स समूहको उपसूचक २.०२ प्रतिशतले बढेका छन् । अन्य समूहको उपसूचक १ देखि २ प्रतिशतले बढेका छन् ।
आज सुपर माई हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने उता नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा उसैगरी नेटेटिभ सर्किट लाग्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण