सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
सेयर बजार

नेप्सेमा १७ अङ्कको वृद्धि, १ अर्ब ३८ करोडको कारोबार

सोमबार, १३ चैत २०७९, १५ : २७
सोमबार, १३ चैत २०७९

काठमाडौँ । लामो समयको अन्तरालपछि सोमबार सेयर बजार परिसूचक नेप्से १७ अंकमाथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १७.७० अङ्कले बढ्दै १९ सय ६ अङ्कको विन्दुमा उक्लिएको हो । 

अघिल्लो दिन यस्तो सूचक २६.८७ अङ्कले घट्दै १८ सय ८८.२७ अङ्कको विन्दुमा झरेको थियो । उसो त आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.०४ अङ्कले बढ्दै ३५८.०३ अङ्कमा उक्लिएको नेप्सेले जनाएको छ । १७ अङ्कमाथिले नेप्से बढेको दिन १ अर्ब ३८ करोड २७ लाख रुपैयाँ बराबरको ४३ लाख ८ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ । 

आज माइक्रोफाइनान्स समूहको उपसूचक बाहेक अन्य १२ वटा उपसूचकहरू धनात्मक (बढेका) छन् । सबैभन्दा बढी म्यानु एण्ड प्रो समूहको उपसूचक २.३५ प्रतिशतले बढेको छ भने आज डेभलपमेन्ट बैंक समूहको उपसूचक २.२१ प्रतिशतले, जीवन बीमा समूहको उपसूचक २.०७ प्रतिशत र फाइनान्स समूहको उपसूचक २.०२ प्रतिशतले बढेका छन् । अन्य समूहको उपसूचक १ देखि २ प्रतिशतले बढेका छन् । 

आज सुपर माई हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने उता नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा उसैगरी नेटेटिभ सर्किट लाग्न पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप