आकांक्षा दुबेको मृत्युको मामिलामा भोजपुरी गायकविरुद्ध एफआइआर दर्ता
भोजपुरी अभिनेत्री आकांक्षा दुबेको मृत्युपछि उनकी आमाको उजुरीमा वाराणसीको सारनाथ प्रहरी चौकीमा एक एफआरआई दर्ता भएको छ ।
यस एफआईआरमा अभिनेत्रीकी आमा मधु दुबेले भोजपुरी गायक समर सिंह र उनका भाइ सञ्जय सिंहमाथि आफ्नी छोरीको ‘हत्या’ गरेको आरोप लगाएकी छन् । तर, प्रहरीका अनुसार पहिलो नजरमा यो घटना ‘आत्महत्या’ को लाग्छ ।
सारनाथका एसीपी ज्ञान प्रकाशले भने, ‘आकांक्षा दुबेको मामला पहिलो नजरमा आत्महत्या हो । यस सम्बन्धमा उनकी आमा मधु दुबेको उजुरीको आधारमा सारनाथ प्रहरी चौकीमा मुद्दा दर्ता गरिएको छ ।’
एसीपी प्रकाशले भने, ‘यस मुद्दामा उनले समर सिंह र सञ्जय सिंहलाई आरोपी बनाएका छन् । यस विषयमा थप कारबाही भइरहेको छ ।’
आकांक्षा दुबे आइतबार वाराणसीको एक होटलमा मृत फेला परेकी थिइन् । उनी एक फिल्मको सुटिङको सिलसिलामा वाराणसीमा रहेको बताइएको छ ।
आमाको सिंह भाइहरूमाथि गम्भीर आरोप
आकांक्षा दुबेकी आमा मधु दुबेले भोजपुरी गायक समर सिंह र उनका भाइ सञ्जय सिंहले अभिनेत्री छोरीलाई दुर्व्यवहार र आर्थिक शोषण गरेको आरोप लगाएकी छन् ।
उजुरीमा उनले आफ्नी छोरीलाई काम गर्न लगाइए पनि पारिश्रमिक नदिइएको आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण