बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

भोजपुरी नायिकाले गरिन् आत्महत्या

आइतबार, १२ चैत २०७९, १३ : ४७
आइतबार, १२ चैत २०७९

भोजपुरी नायिका आकांक्षा दुबेले बनारसको एक होटलमा आत्महत्या गरेकी छिन् । सारनाथ थाना क्षेत्रको सोमेन्द्र होटलमा मोडल तथा नायिका आकांक्षा दुबेले झुन्डिएर आत्महत्या गरेकी हुन् । भोजपुरी इन्डष्ट्रिकी उनी चर्चित अनुहार थिइन् ।

आकांक्षाले ‘वीरों के वीर’ र ‘कसम पैदा करने वाले की २’ नामको फिल्ममा काम गरेकी थिइन् । आज २६ मार्चमा नै भोजपुरी अभिनेता पवन सिंहसँग उनको नयाँ गीत रिलिज भएको छ । यो गीतको नाम ‘आरा कभी हारा नहीं’ हो । नायिकाले आत्महत्या गर्नुको कारण भने खुलेको छैन । 

बाल्यकालदेखि नै थियो अभिनयको शौक

आकांक्षा दुबे तीन वर्षको उमेरमा परिवारसँग मुम्बई सिफ्ट भएकी थिइन् । उनका अभिभावक उनलाई आइपीएस अधिकारी बनाउन चाहन्थे तर उनको मन नृत्य र अभिनयमा थियो । बाल्यकालदेखि नै उनलाई टिभी हेर्न मन पर्दथ्यो । आफ्नो यही इच्छा पुरा गर्न उनी फिल्मी क्षेत्रमा आइन् । मुम्बईमा पढेपछि आकांक्षाले आफ्नो करियर फिल्ममा सुरु गरेकी थिइन् । 

डिप्रेसनका कारण छोडेकी थिइन् इन्डस्ट्री

रिपोर्टका अनुसार १७ वर्षको उमेरमा आकांक्षा दुबेले भोजपुरी सिनेमामा कदम राखेकी थिइन् । यहाँ उनले निर्देशक आशी तिवारीसँग केही काम गरिन् । यद्यपि, उनले थुप्रै पटक रिजेक्सनको सामना पनि गर्नुपरेको थियो । सन् २०१८ मा आकांक्षा डिप्रेसनमा गएकी थिइन् । त्यसपछि उनले फिल्मी पर्दाबाट दुरी बनाएकी थिइन् । उनले भनेकी थिइन्, ‘नयाँ कलाकारलाई नयाँ जस्तो व्यवहार गरिँदैन । यसै कारण मानिसको आत्मविश्वास टुट्छ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप