वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठको टिमले पायो पूर्णता
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठको टिमले पूर्णता पाएको छ । लामो समयको छलफलपछि आज भएको बैठकबाट उमेशलाल श्रेष्ठ समूहको टिमले पूर्णता पाएको हो ।
उक्त समूहबाट वरिष्ठ जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ उठ्ने भएका छन् । यसअघि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेर अघि बढेका दिनेश श्रेष्ठले अहिलेको अवस्थामा व्यवसायीका समस्याहरू सरकारसँग जोडदार रूपमा राखेर समस्या समाधान गर्न उमेशलाल श्रेष्ठको नेतृत्व आवश्यक रहेको भन्दै आफू पुनः सोही समूहबाट जिल्ला नगर उपाध्यक्षमा उठ्ने घोषणा गरेका हुन् ।
यस्तै बस्तुगत उपाध्यक्षमा हेमराज ढकाल रहेका छन् । उनले सुरुदेखिनै महासंघमा उमेशलाल श्रेष्ठको नेतृत्व आवश्यक रहेको भन्दै सोही समूहबाट आफूलाई वस्तुगततर्फको उपाध्यक्षमा अघि बढाएका थिए ।
यसैगरी सो समूहबाट एसोसिएट्स उपाध्यक्षमा भरत आचार्य उठ्ने भएका छन् । लामो समयदेखि एसोसिएट्स समूहको टिमको पूर्णता दिन नसकेको उक्त समूहले आज उपाध्यक्षको उम्मेदवार भरत आचार्यको नेतृत्वमा टिमलाई पूर्णता दिएको हो ।
पदाधिकारीको टुङ्गो लगाएको सो समूहले सबै समूहका सदस्यहरूको समेत टुङ्गो लगाएको जानकारी दिएको छ । ‘हामीले ६० प्रतिशत पुराना जितेका तथा यस अघि उठेका र ४० प्रतिशत नयाँ साथीहरूलाई समावेश गरेर सदस्यहरूको टुङ्गो लगाएका छौँ,’ सो समूहका एक जिम्मेवार व्यक्तिले भने, ‘पदाधिकारी तहको सबै टुङ्गो लाग्यो तर सदस्यहरूमा आवश्यकताका आधारमा सबैलाई समेट्ने गरी एक दुई जना साथीहरू थपघट हुन सक्छन् ।’ साथै उमेशलाल श्रेष्ठ समूहले यसै हप्ता विशेष कार्यक्रमबीच उम्मेदवारी घोषणा गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण