फ्रान्सको लगातार दोस्रो जीत
मङ्गलबार, १४ चैत २०७९, ०९ : ०९

डब्लिन । बेन्जामिन पाभार्डको एक मात्र गोलको मद्दतले फ्रान्सले युरो २०२४ को छनोट खेलमा रिपब्लिक अफ आयरल्याण्डलाई पराजित गरेको छ । छनोटमा फ्रान्सको लगातार दोस्रो जीत हो ।
पहिलो हाफमा फ्रान्सलाई रोकेको आयरल्याण्ड दोस्रो हाफको सुरुवातमा नै पछि परेको थियो । पाभार्डले जोस कलेनको पास खोस्दै फ्रान्सका लागि निर्णायक गोल गरे । त्यसपछि आयरल्याण्डले फ्रान्सलाई ठूलो दबाबमा राखेको थियो । तर खेलको अन्त्यतिर नाथन कोलिन्सको प्रहारलाई माइक माइग्नानले रोकेपछि आयरल्याण्ड खेलमा फर्कनबाट चुक्यो । पहिलो खेलमा नेदरल्याण्डलाई हराएको फ्रान्स समूह बीको शीर्ष स्थानमा उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेल तनहुँमा
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
पर्यटन बोर्डकाे रिक्त पदमा पोखरेलीलाई नियुक्त गर्न माग
-
अस्ट्रेलिया फर्कन विमान चढेका पञ्जाबका प्रमुख प्रशिक्षक रिकी पोन्टिङ फेरि होटल फर्किए
-
प्रदेश सरकारको ‘डिजिटल कर्णाली’ अभियानमा केन्द्र सरकारले सहयोग गर्ने
-
‘सम्झौता भएका ४६ परियोजना ५ वर्षभित्रमा कार्यान्वयन हुन्छ’