फ्रान्सको लगातार दोस्रो जीत
मङ्गलबार, १४ चैत २०७९, ०९ : ०९
डब्लिन । बेन्जामिन पाभार्डको एक मात्र गोलको मद्दतले फ्रान्सले युरो २०२४ को छनोट खेलमा रिपब्लिक अफ आयरल्याण्डलाई पराजित गरेको छ । छनोटमा फ्रान्सको लगातार दोस्रो जीत हो ।
पहिलो हाफमा फ्रान्सलाई रोकेको आयरल्याण्ड दोस्रो हाफको सुरुवातमा नै पछि परेको थियो । पाभार्डले जोस कलेनको पास खोस्दै फ्रान्सका लागि निर्णायक गोल गरे । त्यसपछि आयरल्याण्डले फ्रान्सलाई ठूलो दबाबमा राखेको थियो । तर खेलको अन्त्यतिर नाथन कोलिन्सको प्रहारलाई माइक माइग्नानले रोकेपछि आयरल्याण्ड खेलमा फर्कनबाट चुक्यो । पहिलो खेलमा नेदरल्याण्डलाई हराएको फ्रान्स समूह बीको शीर्ष स्थानमा उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण