जिब्राल्टरविरुद्ध नेदरल्याण्डको पुनरागमन
आम्सटर्डाम । फ्रान्सविरुद्धको हारबाट पुनरागमन गर्दै नेदरल्याण्डले युरो २०२४ को छनोट खेलमा पहिलो जीत हासिल गरेको छ । डच टोलीले १० खेलाडीमा सीमित जिब्राल्टारलाई ३–० गोलले हराएको हो ।
मेम्फिस डिपायले खेलको २३ औँ मिनेटमा गोल गर्दै नेदरल्याण्डलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५० औँ मिनेटमा नेथन आकेले टोलीको अग्रता दोब्बर बनाए । लगत्तै जिब्राल्टारका लियान वाकर रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
८२ औँ मिनेट आकेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । खेलमा डच टोली पूर्णरुपमा हाबी देखिएको थियो । टोलीले बलमा ८६ प्रतिशत नियन्त्रण बनाउन सफल भएको थियो । जीतसँगै समूह बीमा नेदरल्याण्ड तेस्रो स्थानमा उक्लेको छ ।
नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वमा नेदरल्याण्डको पहिलो जीत हो । कोम्यानले यसअघि सन् २०१८ देखि २०२० सम्म नेदरल्याण्डको नेतृत्व सम्हालेका थिए । कतार विश्वकपपछि लुइस भान हाल बिदा भएसँगै उनी पुनः नेतृत्वमा फर्किएका हुन् ।
खेलमा जिब्राल्टारका फरवार्ड ली कास्यिारोले ४१ वर्ष १७९ दिनमा युरो छनोट खेल्दै सबैभन्दा धेरै उमेरका खेलाडीको कीर्तिमानलाई कायम राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण