विष्णु पौडेल कार्यकर्ता भड्काउन अछाम पुगे : भीम रावल
धनगढी । नेकपा एमालेका नेता डा. भीम रावलले पार्टी उपाध्यक्ष विष्णु पौडेललगायतका नेताहरू कार्यकर्ता भड्काउन अछाम पुगेको आरोप लगाएका छन् ।
धनगढीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कसैप्रति विवाद र विरोध नगर्ने सहमति हुँदाहुँदै पनि त्यसको विपरीत कार्यकर्ता भड्काउने अभिव्यक्ति दिएको टिप्पणी गरोका हुन् ।
सोमबार अछामको साँफेमा आयोजित पार्टीको ग्रासरुट कार्यक्रममा उपाध्यक्ष पौडेल, प्रदेश इन्चार्ज लेखराज भट्ट, सह इन्चार्ज कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारीलगायत उपस्थित थिए । सो कार्यक्रममा उपाध्यक्ष पौडेलले आपत्तिजनक अभिव्यक्ति राखेपछि इमानदार कार्यकर्ताले प्रतिकार गरेको रावलले स्पष्ट पारे ।
पौडेलले पार्टीको नीति विपरीतका गतिविधि गरेको समेत रावलको दुखेसो थियो। रावलले निर्वाचनताका आफूले कसैलाई हराउन कुनै भूमिका नखेलेको स्पष्ट पार्दै आफू ५० वर्षसम्म हिँडेको गन्तव्य परिवर्तन गर्ने पक्षमा नरहेको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण