५० हजार नगदसहित गण्डकी सरकारद्वारा ४ क्रिकेट खेलाडीलाई सम्मान
पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशका क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गरेको छ । मंगलबार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले राष्ट्रिय टोलीमा रहेर क्रिकेटमा योगदान पु-याउने ४ खेलाडीलाई ५० हजार नगद र प्रमाणसहित सम्मान गरेको हो । राष्ट्रिय टोलीका करण केसी र अन्डर— १९ का तीन जना दीपक डुम्रे, सुवास भण्डारी, अर्जुन कुमाललाई पुरस्कृत गरेको हो ।
एक दिवसीय विश्वकपको ‘क्वालिफाइड’ पुग्न सफल राष्ट्रिय टोलीका केसी र अन्डर—१९ विश्वकपमा पु¥याउन सफल भए बापत डुम्रे, भण्डारी र कुमाललाई पुरस्कृत गरेको हो । सम्मान कार्यक्रममा मुख्यमन्त्री खगराज अधिकारीले खेलाडी राष्ट्रका गहना मात्र नभएर सम्पत्ति भएको बताए । ‘जसरी तपाईँहरूले —विल पावर— निकालेर खेल खेल्नु भयो र देशको नाम राखेर गरिमा बढाउनुभएको छ । तपाईँहरूको जीवनमा यो सम्मान कनिका जस्तो भए पनि यसले अझै सफलता प्राप्त गर्दै जानुहोस् मेरो शुभकामना,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण