साफ यू–१७ महिला च्याम्पियनसिप : नेपालको चार खेलमा चार अङ्क
ढाका । साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले आयोजक बङ्गलादेशसँग बराबरी खेलेको छ ।
बङ्गलादेशको ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा आज भएको खेलमा नेपालले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेलेको हो । खेलको पहिलो हाफमा एक गोलको अग्रता बनाएको नेपालले खेलको दोस्रो हाफलाई जोगाउन सकेन ।
खेल सुरुआती आठौँ मिनेटमा सेनु परियारले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाइन । तर नेपालको त्यो एक शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ७५औँ मिनेटमा बङ्गलादेशकी खेलाडी सागोरिकाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र खेल बराबरीमा सकियो ।
यस बराबरी खेलसँगै नेपाल चार खेलमा चार अङ्क जोड्दै प्रतियोगिताको अन्त्य गर्यो । बङ्गलादेशले पनि ४ खेलमा ७ अङ्क जोड्यो र उपाधि जित्ने सम्भावना पनि समाप्त गर्यो । सोही प्रतियोगितामा आज नै रसिया र भारतबीच प्रतिस्पर्धा हुँदैछ । रसिया ९ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । भारतको ६ अङ्क छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण