अध्यक्षको हस्ताक्षर दुरूपयोग गरेपछि नेविसंघले दियो कारबाहीको चेतावनी
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अध्यक्ष दुजाङ शेर्पाको हस्ताक्षर र केन्द्रीय समितिको लेटरप्याड दुरूपयोगबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । लेटरप्याड र अध्यक्ष शेर्पाको हस्ताक्षर दुरूपयोग पत्र आतंक गरिएकोमा नेविसंघले छानबिन गरी कारबाही गर्ने चेतावनी दिएको हो ।
बाँके, बर्दिया, रूपन्देही र कास्कीमा अध्यक्ष तोकेकाजस्ता पत्र बनाइएको नेविसंघ मुख्यसचिव विजय खड्काद्वरा जारी विज्ञप्तिमा उल्लेख छ । फोटोसपमार्फत भएको हस्ताक्षर र लेटरप्याड दुरूपयोगको विषय छानबिन गरी कारबाहीको दायरामा ल्याउने उल्लेख गरेका छन्।
‘विभिन्न पत्र सार्वजनिक भएका छन् ती पत्र आधिकारिक नभएको जानकारी गराइन्छ,’ उनले भनेका छन्। नेविसंघले बाँके अध्यक्ष उपेन्द्रबहादुर विष्ट, बर्दिया अध्यक्ष असीमविक्रम शाह, रूपन्देहीमा सन्दीप पाण्डे र कास्कीमा नसिब गुरूङ आधिकारिक भएको पनि विज्ञप्तिमा उल्लेख गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण