शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सेतो मच्छिन्द्रनाथ रथयात्रा आजबाट सुरु हुँदै

बुधबार, १५ चैत २०७९, ०९ : ०९
बुधबार, १५ चैत २०७९

काठमाडौँ ।  आजबाट सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु हुँदैछ । आज अपरान्ह ४ बजे मच्छिन्द्र बहालदेखि आज तीनधारा पाठशालासम्म हुनेछ । 

५ बजेदेखि ६:३० बजेसम्म जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन, चैत्र १६ गते ५ बजेदेखि ६:३०  जेसम्मअसन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका, १७ गते ४ बजेदेखि ६:३० बजेसम्म हनुमानढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगन पुर्याइनेछ । 

त्यसैगरी चैत्र १८ गते साँझ ५:३० देखि ६:३० बजेसम्म लगन आमा रुख परिक्रमा, चैत्र १९ गते साँझ ५:३० देखि ७:३० बजेसम्म लगन, ज्याबहाल, द्यः लं, यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म रथयात्रा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप