साफ यू–१७ च्याम्पियनसिप : नेपालकी गोलकिपर सुजाता उत्कृष्ट
बुधबार, १५ चैत २०७९, ०९ : १३
काठमाडौँ । साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालकी गोलकिपर सुजाता तामाङ उत्कृष्ट घोषित भएकी छन् । साबिक विजेता नेपालले भने चार खेलमा चार अङ्क जोड्दै प्रतियोगिता अन्त्य गर्यो ।
आमन्त्रित टोली रुस शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो । नेपालले प्रतियोगितामा भुटानलाई मात्र हराउन सक्यो । ४ खेलमा नेपालले एकमा जीत हासिल गर्यो भने एकमा बराबरी र दुईमा पराजय बेहोर्यो । पहिलो खेलमा नेपाल भारतसँग पराजित बन्यो भने दोस्रो खेलमा भुटानलाई पराजित गरेको थियो । तेस्रो खेलमा रुससँग हारेको नेपालले अन्तिम खेलमा बंगलादेशसँग बराबरी गर्यो ।
प्रतियोगितामा भारतकी सिल्जी साजीले ८ गोल गर्दै प्रतियोगिताको सर्वाधिक गोलकर्ता बनिन् । रुसकी एलिना गोलिकले ‘मस्ट भ्यालुएभल खेलाडी’को उपाधि हात पारिन् । दोस्रो बनेको भारतले फेयर प्ले अवार्ड पनि हात पार्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण