सिद्धार्थ बैंकद्वारा २० थान कम्प्युटरसहित बहुउद्देश्यीय हल निर्माणमा सहयोग
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशमा आफ्नै नवनिर्मित अत्याधुनिक भवनको मंगलबार समुद्घाटन गरेको छ । एक कार्यक्रमका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाले भवनको समुद्घाटन गरे । उक्त कार्यक्रममा सञ्चालक समितिका सम्पूर्ण सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत एवं उच्च पदस्थ अधिकारीहरू तथा विभिन्न सङ्घसंस्थाका प्रमुख एवम् प्रतिष्ठित उद्योगी, व्यापारी समूहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
सो अवसरमा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत श्री अमरसिंह माध्यमिक विद्यालयलाई २० थान कम्प्युटर एवं सोको लागि आवश्यक सोलार, यूपीएस र ब्याट्री तथा दृष्टिविहीन विद्यार्थीहरुको लागि बहुउद्देश्यीय हल निर्माण गर्न रु. ४० लाख सम्मको सहयोग गर्ने सम्झौता गरेको छ ।
उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्याल र श्री अमरसिंह माध्यमिक विद्यालयको तर्फबाट उक्त विद्यालयका प्रधानाध्यापक तेजस्वी बरालले हस्ताक्षर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण