एकीकृत समाजवादीबाट पहिलो चरणमा भुसाल मन्त्री बन्ने
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पहिलो चरणमा उपाध्यक्ष डा. बेदुराम भुसाललाई सरकारमा पठाउने भएको छ । बुधवार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष भुसाललाई पहिलो चरणमा सरकारमा पठाउने निर्णय गरेको हो । भुसाल राष्ट्रियसभा सदस्य हुन् । एकीकृत समाजवादी पार्टीका संस्थापक महासचिव समेत रहेका भुसाल केही दिनअघि मात्रै पार्टी उपाध्यक्षमा बढुवा भएका थिए ।
‘पहिलो चरणमा भुसाल सरकारमा जानुहुन्छ । त्यसपछि ज्वाला जानुहुन्छ’, अध्यक्ष नेपाल निकट स्रोतले भन्यो, ‘तीन मन्त्रालयका लागि अझै छलफल जारी नै छ । यदि तीन वटा मन्त्रालय पाउने अवस्था आए भानुभक्त जोशीलाई पनि पठाउने भन्ने भएको छ ।’ बुधवार बसेको सचिवालय बैठकपछि पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले तीन मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नदिने निर्णय भएको बताएका थिए । प्रधानमन्त्री प्रचण्डले आज साँझसम्म पार्टीबाट मन्त्री हुने एक जनाको नाम दिन आग्रह गरेपछि एकीकृत समाजवादीले बुधवार आकस्मिक बैठक बोलाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण