आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव कांग्रेस र माओवादीको छ : सांसद परियार

बुधबार, १५ चैत २०७९, १७ : १९
बुधबार, १५ चैत २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र) ले आफ्नो दललाई सरकारमा लान चाहेको बताएका छन् ।

बुधवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले सत्तारुढ दलहरू नेपाली कांग्रेस र माओवादी केन्द्रको रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव रहेको बताएका हुन् । 

 उनले सरकारमा जाने सम्बन्धमा संवाद जारी रहेपनि हालसम्म टुंगो नलागेको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालको पनि आफूहरुप्रति सद्भाव रहेको बताए ।  

उनले आफ्नो पार्टी वैशाख १० गते हुने उपनिर्वाचनका लागि केन्द्रित भइरहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप