शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंकको सहयोगमा निर्मित नारायणी अस्पतालको डायलाइसिस भवन हस्तान्तरण

बुधबार, १५ चैत २०७९, २१ : ३२
बुधबार, १५ चैत २०७९

काठमाडौँ । सिद्धार्थ बैंकको  सहयोगमा निर्मित वीरगञ्जस्थित नारायणी अस्पतालको डायलाइसिस भवन हस्तान्तरण गरिएको छ । भवन निर्माण गर्न २०७९ साल असोज २६ गते नारायणी अस्पताल र राउन्ड टेबल नेपालसँग सम्झौता गरिएको थियो । 

सम्झौता बमोजिम रु.५५ लाख लागतमा उक्त डायलाइसिस भवनको प्रबलीकरण तथा निर्माण सम्पन्न गरी आज अस्पताललाई हस्तान्तरण गरिएको हो । 

नारायणी अस्पतालमा एक कार्यक्रम आयोजना गरी बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाले सो भवनको उपयोगको दायित्व नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चित्रन्जन साहलाई हस्तान्तरण गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप