बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आइएमई एजेन्ट्समार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने

बिहीबार, १६ चैत २०७९, १७ : ४२
बिहीबार, १६ चैत २०७९

काठमाडौं । आइएमई लिमिटेड तथा आइएमई डिजिटल सोलुसन लिमिटेडका साझेदार एजेन्टहरु मार्फत अब हवाई यात्रुहरुले सजिलै अन्तर्राष्ट्रिय हवाई टिकट काट्न पाउने भएका छन् । 
सो सेवा मार्फत देशभरि छरिएर रहेका आइएमईका हजारौँ एजेन्ट्समार्फत  यात्रुहरुले सूपथ मुल्यमा अन्तराष्ट्रिय हवाई टिकट खरिद गर्न सक्ने छन् ।

 यसको साथै साझेदारहरुले आफ्नो ‘आइएमई-एजेन्ट पोर्टल’ मार्फत नै अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्य र उडानको तालिका हेर्न तथा तुलना गर्न सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । 
यस सेवा मार्फत समग्र पर्यटन उद्योगको विकास तथा प्रर्वद्धनमा टेवा पुग्ने बिश्वास आइएमई ग्रुपको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप