जनप्रतिनिधिले न्याय सम्पादन गर्दा पूर्वाग्रह राखेर फैसला गर्नु हुँदैन : कार्की

काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले जनप्रतिनिधिहरूको भूमिकाबाट न्याय सम्पादन गर्दा पूर्वाग्रह राखेर फैसला गर्नु नहुने बताएका छन् । बिहीबार काठमाडौँ महानगरको कार्यक्रममा बोल्दै उनले न्यायिक सम्मेलनमा रहेर न्याय सम्पादन गर्दा जनप्रतिनिधि हुँ भन्नेकुरा बिर्सिएर न्याय सम्पादन गर्नुपर्ने बताएका हुन् ।
उनले न्याय सम्पादन गर्दा मेरो पार्टी यो हो भन्ने हिसाबबाट गरिए न्याय पूर्वाग्रही हुने बताए । उनले पूर्वाग्रह भएको ठाउँमा न्याय हुन नसक्ने पनि बताए । का.मु. प्रधानन्यायाधीश कार्कीले न्याय दिनको लागि स्वच्छ र खुला दिमागले निर्णय लिनुपर्ने बताए । उनले स्थानीय जनप्रतिनिधिहरुले समाज मिलाएर राख्नका लागि भने आफू जनप्रतिनिधि पनि हुँ भन्ने हिसाबबाट सोच्न जरुरी रहेको बताए ।
का.मु. प्रधानन्यायाधीश कार्कीले मेलमिलाप कायम गरेर अघि बढ्नसके सबैले साथ दिने बताए । न्यायिक समितिले फैसला गर्नेकुरामा भन्दा मेलमिलापको कुरामा बढी जोड दिनुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवन–अनुभव र कलादृष्टि
-
पहलगाम हमलाबारे बयान दिँदा कानुनी झमेलामा फसे विजय देवरकोन्डा
-
आपसी मित्रता, प्रेम र सद्भाव जागृत गराउन आवश्यक : राष्ट्रपति
-
बितेको वर्ष प्रेस स्वतन्त्रता हननका ७६ घटना
-
'हाउस अरेस्ट' विवाद : अश्लील सामग्री प्रशारणको आरोपमा बिग बोस विजेता एजाजविरुद्ध मुद्दा दायर
-
हेटौँडामा रोकिराखेको गाडी जमिनमुनि भासिएर बेपत्ता, अझै भेटिएन