जनप्रतिनिधिले न्याय सम्पादन गर्दा पूर्वाग्रह राखेर फैसला गर्नु हुँदैन : कार्की
काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले जनप्रतिनिधिहरूको भूमिकाबाट न्याय सम्पादन गर्दा पूर्वाग्रह राखेर फैसला गर्नु नहुने बताएका छन् । बिहीबार काठमाडौँ महानगरको कार्यक्रममा बोल्दै उनले न्यायिक सम्मेलनमा रहेर न्याय सम्पादन गर्दा जनप्रतिनिधि हुँ भन्नेकुरा बिर्सिएर न्याय सम्पादन गर्नुपर्ने बताएका हुन् ।
उनले न्याय सम्पादन गर्दा मेरो पार्टी यो हो भन्ने हिसाबबाट गरिए न्याय पूर्वाग्रही हुने बताए । उनले पूर्वाग्रह भएको ठाउँमा न्याय हुन नसक्ने पनि बताए । का.मु. प्रधानन्यायाधीश कार्कीले न्याय दिनको लागि स्वच्छ र खुला दिमागले निर्णय लिनुपर्ने बताए । उनले स्थानीय जनप्रतिनिधिहरुले समाज मिलाएर राख्नका लागि भने आफू जनप्रतिनिधि पनि हुँ भन्ने हिसाबबाट सोच्न जरुरी रहेको बताए ।
का.मु. प्रधानन्यायाधीश कार्कीले मेलमिलाप कायम गरेर अघि बढ्नसके सबैले साथ दिने बताए । न्यायिक समितिले फैसला गर्नेकुरामा भन्दा मेलमिलापको कुरामा बढी जोड दिनुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण