शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पले आत्मसमर्पण गर्ने अपेक्षा

शुक्रबार, १७ चैत २०७९, ०९ : ४९
शुक्रबार, १७ चैत २०७९

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतमा आत्मसमर्पण गर्ने उनका वकिलले एनसीबीसी न्युजलाई बताएका छन् ।

उनले आत्मसमर्पण नगरे पक्राउ गरिनेछ । म्यानहटन ग्रान्ड जुरीको भोटिङपटि ट्रम्पमाथि मुद्दा चलाउने बाटो खुलेको हो । 

यो मुद्दा सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावअघि पोर्न स्टार स्टर्मी ड्यानियललाई गरेको भुक्तानीको मामिलामा चल्नेछ ।

यो मामिलामा ट्रम्पले कस्ता आरोपको सामना गर्नेछन् भन्नेबारे जानकारी हाल दिइएको छैन । 

७६ वर्षीय ट्रम्पले यस मामिलामा आफूमाथि लगाइएको आरोपलाई खारेज गर्दै आएका छन् । ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुन् जसविरुद्ध फौजदारी मुद्दा चलाइनेछ ।

ट्रम्प फ्लोरिडामा बस्छन् र अदालतमा आगामी मङ्गलवार हुने पहिलो सुनुवाइका लागि उनी अदालत पुग्ने बताइएको छ । 

ट्रम्पको रक्षा टोलीका अनुसार अदालतमा ट्रम्पको सुरक्षाको जिम्मेवारी अमेरिकाको गुप्तचर निकायले पाएको छ ।

stormyघटना के हो ?

जनवरी २०१८ मा, अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले एउटा लेख प्रकाशित गरेको थियो । यसमा राष्ट्रपति ट्रम्पका तत्कालीन सल्लाहकार माइकल कोहेनले अमेरिकी राष्ट्रपति चुनावको एक महिना अघि अक्टोबर २०१६ मा पोर्न स्टार स्टर्मी डेनियललाई १ लाख ३० हजार डलर तिरेको दाबी गरिएको थियो ।

जर्नलका अनुसार यो पैसा उनले ट्रम्पसँगको अफेयरको बारेमा सार्वजनिक नगर्ने सम्झौता अन्तर्गत दिइएको हो ।

कानुनी रूपमा यो भुक्तानी अवैध थिएन । तर जब ट्रम्पले कोहेनलाई भुक्तानी गरे, उनले यसलाई कानुनी शुल्कको रूपमा जोडे ।

न्युयोर्क प्रशासनका वकिलका अनुसार यो ट्रम्पले आफ्ना कागजातहरूसँग छेडछाड गरेको घटना हो, जुन न्युयोर्कमा आपराधिक कार्य हो ।

सार्वजनिक अभियोजकहरूले पनि ट्रम्पलाई यस मामलामा चुनावी नियमहरू उल्लङ्घन गरेको आरोप लगाउन सक्छन् । किनभने ट्रम्पले स्टर्मी डेनियललाई गरेको भुक्तानी लुकाउने प्रयास गरेका थिए ताकि उनले आफ्नो र डेनियलबीचको सम्बन्धलाई मतदाताहरूबाट लुकाउन सकुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप