सरकारले गौरव गर्न लायक कामको थालनी गरेको छ: मन्त्री शर्मा
भैरहवा । सन्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्माले सरकारले गौरव गर्नलायक कामको थालनी गरेको बताएकी छन् ।
नेकपा माओवादी केन्द्र सिद्धार्थनगर नगर समिति रुपन्देहीले आज गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले परिवर्तनकारी तप्काले गौरव महसुस गर्ने गरी काम थालेको बताएकी हुन् । जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिने, सहिदहरुको नाम राजपत्रका प्रकाशित गर्नेलगायत गौरव गर्न लायक कामको थालनी गरिएको उनले बताएकी छन् ।
मन्त्री शर्माले सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउनेदेखि मिटरब्याजलाई अपराध घोषणा गर्ने, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्ने, किसानको उत्पादनको समर्थन मूल्य तोक्ने लगायतका कामको थालनी गरिएको जानकारी दिइन् । अब सरकार विस्तारपछि नतिजा देखिने महत्त्वपूर्ण कामको थालनी गर्ने पनि उनले बताइन् ।
अर्को प्रसङ्गमा उनले जनताका माग सरकारसम्म पुर्याउने र सरकारले गरेका काम जनतासम्म पुर्याउन स्थानीय पार्टी कमिटी र नेता कार्यकर्ताको महत्त्वपूर्ण भूमिका हुने बताइन् ।
मन्त्री शर्माले आज नेपाल पत्रकार महासङ्घले लुम्बिनीमा आयोजना गरेको राष्ट्रिय मिडिया सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण