शक्तिबहादुर बस्नेत उर्जामन्त्री बन्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत उर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रले उर्जा मन्त्रालय पाएपछि बस्नेतले सो जिम्मेवारी पाएका हुन् । प्रधानमन्त्रीको रोजाइमा बस्नेत परेपछि उनलाई उर्जा मन्त्रालयको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताए । बस्नेतले आज ३ बजे उर्जा मन्त्रीको रुपमा सपथ लिने ती सदस्यले बताए ।
बस्नेत यसअघि तीनपटक मन्त्री भइसकेका छन् । २०६८ सालमा स्वास्थ्य मन्त्री भएका बस्नेत २०७२ सालमा गृह र २०७४ सालमा वन तथा वातावरण मन्त्री भएका थिए । पहिलो संविधानसभा चुनावमा समानुपातिक सांसद भएका बस्नेत दोस्रो संविधानसभा चुनावमा प्रत्यक्ष निर्वाचित भएका थिए । २०७४ र २०७९ सालको निर्वाचनमा उनी जाजरकोटबाट प्रत्यक्ष निर्वाचित भएका हुन् । बस्नेतले सुरुमा गृहमन्त्री हुने आकांक्षा राखेका थिए । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुने भएपछि उनी रोकिएका हुन् ।
श्रेष्ठ उपप्रधानसहित गृहमन्त्री हुने भएका छन् । सोही पार्टीबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका अमनलाल मोदीले पनि मन्त्रालय फेर्न प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका थिए । मोदीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको श्रोतले बताएको छ । तर, मोदीले सो मन्त्रालय लिन आनाकानी गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अद्यावधिक गर्ने निर्णय
-
विमानस्थलमा भैँसी आतङ्कबारे के भन्यो प्राधिकरणले ?
-
सरकारको बेरुजु ७३३ अर्ब नाघ्यो, एकैवर्ष थपियो ६३ अर्ब २८ करोड थप
-
छायाँंछवी डि सिने अवार्ड : कसलाई कुन उपाधि ?
-
इजलासमै पानी परेपछि सुनुवाइ स्थगित
-
'एकीकृत एनआरएनएका लागि खुला संवादका पक्षमा छौँ' (निष्कर्षसहित)