कर्मचारीलाई मन्त्री शर्माको निर्देशन : टेलिफोनका ग्राहकको गुनासो सुनुवाइमा गम्भीर बन्नुहोस्
भैरहवा । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिफोनका बिषयमा सेवाग्राहीबाट आउने गुनासोप्रति गम्भीर बन्न नेपाल टेलिकमका कर्मचारीलाई निर्देशन दिएकी छन् । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाको निरीक्षणपछि कर्मचारीलाई सम्बोधन गर्दै उनले सरकारले जनताको सेवा प्रवाहलाई सहज बनाउने नीतिलाई प्राथमिकतामा राखेकाले टेलिकमको सेवा प्रवाह पनि सहज हुनुपर्ने बताइन् ।
सेवाग्राहीले सेवा नपाउँदा गर्ने गुनासो सुनुवाइलाई प्राथमिकतामा राखेर त्यसलाई सम्बोधन गर्नेगरी कर्मचारीलाई प्रशिक्षित गर्न पनि उनले आग्रह गरिन् । आफू मन्त्री भएपछि पहिलो निर्णयको रुपमा राजमार्गको सबै ठाउँमा मोबाइल र इन्टरनेट सेवा विस्तार गर्न निर्देशन दिएको स्मरण गराउदै उनले यसको पूर्ण कार्यान्वयनमा जा पनि आग्रह गरिन् ।
राजमार्गसँगै अस्पताललगायतका सम्वेदनशील ठाउँलाई प्राथमिकता दिएर सेवा विस्तार गर्न आग्रह गर्दै मन्त्री शर्माले लुम्बिनी प्रदेशको कति प्रतिशत क्षेत्रमा फोन र इन्टरनेट विस्तार भएको र बाँकी क्षेत्रमा कहिले पुर्याउन सकिन्छ भनेर अध्ययन गर्न पनि निर्देशन दिइन् ।
उनले कर्मचारी व्यवस्थापनमा पनि ध्यान दिन आग्रह गर्दै कोही दुर्गममा बसिरहने र कोही पहुँचको भरमा सुगममा बस्ने अवस्था रहन नहुने बताइन् । हरेक कर्मचारी म यति समय सुगममा बसे भने यति समय दुर्गम जानुपर्छ भन्ने मानसिकतामा बस्नुपर्नेमा मन्त्री शर्माले जोड दिइन् । नेपाल टेलिकमका प्रादेशिक निर्देशनालयका प्रबन्धक शिव खनालले प्रदेशभित्रको टेलिफोन सेवाको अवस्थाबारे जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण