सडक सञ्जालले आर्थिक विकासमा टेवा पुग्छ : मन्त्री ज्वाला
काठमाडौँ । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधार क्षेत्रको विकासमा आवश्यक नीति निर्माण तथा कानूनी समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्रालयमा आज पदबहाली गर्दै उनले विकास निर्माणका क्रममा हुने ढिलासुस्तीले योजनाअनुसार कार्यप्रगति हासिल गर्न नसकिने हुँदा छिटो छरितो कार्य सम्पन्न गर्न निर्देशन दिए ।
प्रत्येक पालिकामा सडक पुर्याउने सरकारको योजनालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले कतिपय जिल्लासमेतमा सडक यातायात विस्तार गर्न बाँकी रहेकाले त्यसलाई पूरा गर्नुपर्ने बताए ।
मन्त्री ज्वालाले पूर्वाधार तथा यातायात सञ्जालको विकासले विभिन्न सामाजलाई जोड्नुका साथै स्थानीय व्यापारलाई बजारीकरण गरी जनताको आय आर्जनमा सहयोग पुयाउने उल्लेख गर्दै यस कार्यले दुर्गमलाई सुगममा परिवर्तन गरी आर्थिक समृद्धि कायम गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण