सडक सञ्जालले आर्थिक विकासमा टेवा पुग्छ : मन्त्री ज्वाला

काठमाडौँ । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधार क्षेत्रको विकासमा आवश्यक नीति निर्माण तथा कानूनी समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्रालयमा आज पदबहाली गर्दै उनले विकास निर्माणका क्रममा हुने ढिलासुस्तीले योजनाअनुसार कार्यप्रगति हासिल गर्न नसकिने हुँदा छिटो छरितो कार्य सम्पन्न गर्न निर्देशन दिए ।
प्रत्येक पालिकामा सडक पुर्याउने सरकारको योजनालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले कतिपय जिल्लासमेतमा सडक यातायात विस्तार गर्न बाँकी रहेकाले त्यसलाई पूरा गर्नुपर्ने बताए ।
मन्त्री ज्वालाले पूर्वाधार तथा यातायात सञ्जालको विकासले विभिन्न सामाजलाई जोड्नुका साथै स्थानीय व्यापारलाई बजारीकरण गरी जनताको आय आर्जनमा सहयोग पुयाउने उल्लेख गर्दै यस कार्यले दुर्गमलाई सुगममा परिवर्तन गरी आर्थिक समृद्धि कायम गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढेन क्यासिनोले बुझाउनुपर्ने रोयल्टी, वार्षिक ५ करोड बुझाउनुपर्ने
-
सन्दीपको मुद्दा न्यायाधीश शंकर राईको इजलासमा
-
सिर्सिया नदीलाई प्रदूषण मुक्त गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)
-
पङ्गु बनाइयो ‘प्लस टु’
-
‘लम्पी स्किन’बाट धमाधम पशु मर्न थाले
-
प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्यो, कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान