कविता
तिम्रो प्रतीक्षामा
शनिबार, १८ चैत २०७९, ०७ : २४
लालायित छन् मेरा नयनहरू,
तिमीलाई हेर्न ।
आतुर छन् मेरा कानहरू,
तिम्रो सुरिलो स्वर सुन्न ।
प्यासी छन् मेरा ओठ,
तिम्रो अधरलाई चुम्न ।
खोजी रहेछन् मेरा हत्केलाहरू,
तिम्रो गुलाबी गाला स्पर्श गर्न ।
खोजी रहेछन् मेरा हातहरू,
तिमीलाई न्यानो अङ्गालोमा बाँध्न ।
किन यति बढिरहेछ मेरो धड्कन,
तिमीसँग मिलन हुने
पलको प्रतीक्षाले हो कि ?
यो कस्तो लामो समय हो ?
गाह्रो भई सक्यो,
प्रत्येक पल काट्न पनि ।
यो कस्तो लामो प्रतीक्षा हो ?
भन्छन् प्रतीक्षाको फल मिठो हुन्छ रे,
प्रतीक्षा गरिरहेछु,
आज म त्यही मीठो फलको ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण