बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
कविता

तिम्रो प्रतीक्षामा

शनिबार, १८ चैत २०७९, ०७ : २४

लालायित छन् मेरा नयनहरू, 
तिमीलाई हेर्न । 
आतुर छन् मेरा कानहरू, 
तिम्रो सुरिलो स्वर सुन्न । 
प्यासी छन् मेरा ओठ, 
तिम्रो अधरलाई चुम्न । 
खोजी रहेछन् मेरा हत्केलाहरू, 
तिम्रो गुलाबी गाला स्पर्श गर्न ।


खोजी रहेछन् मेरा हातहरू, 
तिमीलाई न्यानो अङ्गालोमा बाँध्न ।
किन यति बढिरहेछ मेरो धड्कन, 
तिमीसँग मिलन हुने 
पलको प्रतीक्षाले हो कि ?
यो कस्तो लामो समय हो ?  
गाह्रो भई सक्यो, 
प्रत्येक पल काट्न पनि । 
यो कस्तो लामो प्रतीक्षा हो ? 
भन्छन् प्रतीक्षाको फल मिठो हुन्छ रे, 
प्रतीक्षा गरिरहेछु, 
आज म त्यही मीठो फलको । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अच्युत मान सिंह प्रधान ‘उत्सुक’
अच्युत मान सिंह प्रधान ‘उत्सुक’
लेखकबाट थप