शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
लघुकथा

लघुकथा : खिइएका तलुवा

शनिबार, १८ चैत २०७९, ०७ : ३३
शनिबार, १८ चैत २०७९

“हैट, जुत्ताको तलुवा पनि प्वाल पर्न थालेछ ।” 

ऊ एक्लै बर्बराउँदै जुत्ता खोल्यो र पिँढीको तल राख्यो । भित्र पस्यो । प्रमाणपत्र भएको झोला मैनीखाँबोमा झुण्ड्यायो । कलधारामा गएर हात खुट्टा धोयो । आएर पिँढीमा बस्यो । 

बुबा आए । सिधै कलधारा गए र हात खुट्टा धोए । आएर छोराको छेउमा बसे । 

उसले बुबाको चप्पल हेर्‍यो । खिइएर दारी फाल्ने ब्लेड जस्तै भएछन् । 

“बाबु, कतै काम बन्ला जस्तो भयो त ?” बुबाले सोधे । 

“हैरान भएँ म त । कतै काम बनेन ।’ उसले खुइय गर्दै भन्यो । 

“एक घण्टामै बजार पुगिन्छ तर के गर्ने । काँठ भनेको काँठै रहेछ । भने जस्तो पाए गद्दी फालेर तँलाई बाहिर पठाउँथे । टन्टै खतम । दिनभर भौँतारियो काम गर्ने मान्छे पाउनै मुस्किल ।” बुबाले भने । 

दैलो मुनिको बारीको पाटोले भने खेताला खोज्न नसकेको बुबा र काम नपाएको छोरोलाई टुलुटुलु हेरिरहेको थियो ।

पोखरा–७ मासबार, कास्की 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ढाकामोहन बराल
ढाकामोहन बराल
लेखकबाट थप