लघुकथा : खिइएका तलुवा
“हैट, जुत्ताको तलुवा पनि प्वाल पर्न थालेछ ।”
ऊ एक्लै बर्बराउँदै जुत्ता खोल्यो र पिँढीको तल राख्यो । भित्र पस्यो । प्रमाणपत्र भएको झोला मैनीखाँबोमा झुण्ड्यायो । कलधारामा गएर हात खुट्टा धोयो । आएर पिँढीमा बस्यो ।
बुबा आए । सिधै कलधारा गए र हात खुट्टा धोए । आएर छोराको छेउमा बसे ।
उसले बुबाको चप्पल हेर्यो । खिइएर दारी फाल्ने ब्लेड जस्तै भएछन् ।
“बाबु, कतै काम बन्ला जस्तो भयो त ?” बुबाले सोधे ।
“हैरान भएँ म त । कतै काम बनेन ।’ उसले खुइय गर्दै भन्यो ।
“एक घण्टामै बजार पुगिन्छ तर के गर्ने । काँठ भनेको काँठै रहेछ । भने जस्तो पाए गद्दी फालेर तँलाई बाहिर पठाउँथे । टन्टै खतम । दिनभर भौँतारियो काम गर्ने मान्छे पाउनै मुस्किल ।” बुबाले भने ।
दैलो मुनिको बारीको पाटोले भने खेताला खोज्न नसकेको बुबा र काम नपाएको छोरोलाई टुलुटुलु हेरिरहेको थियो ।
पोखरा–७ मासबार, कास्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण