आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँको चन्द्रागिरी डाँडामा हिमपात (तस्बिरहरु)

शनिबार, १८ चैत २०७९, १३ : २६
शनिबार, १८ चैत २०७९

काठमाडौँ । काठमाडौँको चन्द्रागिरी डाँडामा हिमपात भएको छ । शनिबार चन्दागिरी डाँडास्थित चन्द्रागिरी रिसोर्ट वरिपरि हिमपात भएको हो । यसअघि माघ–फागुनमा चन्द्रागिरी डाँडामा हिमपात हुने गरेको भएपनि यो वर्ष भने पहिलोपटक मध्यचैतमा हिमपात भएको छ ।

आज देशका केही हिमाली र उच्च पहाडी भेगमा हिमपात भैरहेको छ । पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले वर्षा र हिमपात भएको मौसम विभागले जनाएको छ । तस्बिर : चन्द्रागिरी रिसोर्ट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप