वाल स्ट्रीट जर्नलका संवाददातालाई रिहा गर्न अमेरिकी राष्ट्रपतिको आह्वान
वासिङ्टन । राष्ट्रपति जो बाइडेनले जासुसीको आरोपमा रुसमा पक्राउ परेका वाल स्ट्रीट जर्नलका संवाददाता इभान गर्शकोविचलाई थुनामुक्त गर्न आह्वान गरेका छन् । साथै उनले रुसी पत्रकारलाई अमेरिकाबाट निष्काशन गर्न पत्रिकाको सम्पादकीय बोर्डले गरेको अनुरोध अस्वीकार गरेका छन् ।
आँधीबाट मिसिसिपी राज्यमा भएको क्षतिको अवलोकन गर्न त्यसतर्फ प्रस्थान गर्नुअघि राष्ट्रपति बाइडेनले पत्रकार इभानलाई मस्कोले रिहा गर्नुपर्ने बताएका हुन् । रुसको सङ्घीय सुरक्षा सेवाका अधिकारीले उनलाई रुसी सैनिककाबारेमा गोप्य सूचना प्राप्त गर्न खोजेको आरोपमा गत बुधबार रुसको चौथो ठूलो शहर येकातेरिनबर्गबाट पक्राउ गरेका थिए ।
पत्रिकाको सम्पादकीय समूहले विचार पृष्ठमा एउटा छोटो टिप्पणी प्रकाशन गर्दै अमेरिकामा रहेका रुसी राजदूत र सबै रुसी पत्रकारलाई देश निकाला गर्नुपर्ने बताएको छ । राष्ट्रपति बाइडेनले तत्काल त्यसो गर्ने सोचमा आफू नरहेको पनि स्पष्ट गरेका छन् ।
पत्रिकाले पत्रकार इभानलाई सम्बोधन गर्दै लेखको एक पत्रमा उनको रिहाइ एवम् सुरक्षाका लागि हरसम्भव प्रयास गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ । उनको सुरक्षालाई पत्रिकाले उच्च महत्व दिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण