उत्तराखण्डः केदारनाथ, बद्रीनाथमा भारी हिमपात
केदारनाथ । भारतको उत्तराखण्डमा शुक्रबार बिहानैदेखि पहाडी क्षेत्रमा हिमपात भएको छ भने मैदानी क्षेत्रमा पानी परिरहेको परिरहेको छ । केदारनाथ धाममा भारी हिमपातका कारण केदारनाथ धार्मिक यात्राको तयारी पनि प्रभावित भएको छ । यसैबीच उक्त स्थानमा भइरहेको पूर्वाधार निर्माण कार्य केही समयका लागि रोकिएको छ ।
धार्मिक यात्रा २५ अप्रिलबाट शुरु हुने बताइएको छ । साथै उत्तराखण्डका थुप्रै मैदानी इलाकामा पनि पानी परिरहेको बताइएको छ । प्रशासनले राज्यमा सावधानीका साथै उद्धार कार्य पनि जारि राखेको छ । मौसममा बदली भएसँगै बद्रीनाथ धाममा पनि हिमपात शुरु भएको छ ।
बद्रीनाथ मन्दिरको द्वार २७ अप्रिलदेखि खोलिनेछ । बारम्बारको खराब मौसम र कडा चिसोका कारण यात्रा तयारी र गुरुयोजनाको काम प्रभावित भएको अधिकारीहरूले बताएका छन् । वर्षात् हिमपातबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण